Thursday, January 1, 2009

अन्तर्वाता

अन्तर्वाता

झमक घिमिरेसँग निराजन बतास

राजधानी पस तर घरजम गरेर नबस- साहित्यकार झमक घिमिरे

चर्चित साहित्यकार झमक घिमिरेको जन्म वि।स।ं २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको हो । शारीरिक अशक्तताका बावजुद सिर्जित उहाँका साहित्यिक रचनाहरु सँधै जनपक्षीय हुने गर्छन् । उहाँका ुसंकल्पु कविता संग्रह२०५५ ुआफ्नै चिता अग्निशिखातिरु कविता संग्रह२०५७ुमान्छेभित्रका योद्धाहरु कविता संग्रह २०५७ुअवसान पछिको आगमनु क्वाँटी संग्रह२०५७ ुसम्झनाका बाछिटाहरु लेख संग्रह२०५७ ुनौलो प्रतिविम्बु कविता संग्रह२०६० ुपर्दासमय र मान्छेहरु कथा संग्रह२०६२ पुस्तकहरु प्रकाशित छन् । ुबेमौसमका आस्थाहरु निबन्ध संग्रह उहाँको भर्खरै प्रकाशित पछिल्ल्ााे कृति हो । उहाँलाई प्रबल गोर्खा दक्षिण बाहु चौथो अस्वीकृत विचार साहित्य पुरस्कार क्या।स्व।गोपालप्रसाद जनकल्याण पुरस्कार डा। विमल वाणी पुरस्कारअपाङ्ग प्रतिभा पुरस्कार लगायत ५० बढी पुरस्कारपदक र अभिनन्दन प्राप्त छ । उहाँ कान्तिपुर दैनिकको नियमित स्तम्भकार पनि हुनुहुन्छ । साहित्य सिर्जनामा समर्पित आफ्नो जिन्दगीको लक्ष्यबारे उहाँको भनाइ छ-ुम आफु बाँचेको जिन्दगीलाई अर्थपूर्ण बनाउन चाहन्छु ।ु उहाँसँग निराजन बतासले धनकुटामा लिएको अन्तर्वाता यहाँ प्रस्तुत छ ः-



१ बेमौसमका आस्थाहरु कस्तो कृति हो

- बेमौसमका आस्थाहरु कस्तो कृति हो भन्ने जवाफ जान्न तपाई स्वयं पाठकले एक चोटि हेर्नैपर्छ । मैले लेखकको तर्फबाट भन्नुपर्दा बेमौसमका आस्थाहरु त्यस्तो समयमा लेखिएको कृति हो जुन समयमा जनताको मुख बन्द गर्न खोजिएको थियो । बन्द गर्नेहरुको बिरुद्ध र जनताको पक्षमा लेखिएको कृति हो जसमा पूराना जातीयभाषिकवर्गीयधार्मिकलैङ्गिक पर्खालहरु भत्काएर नयाँ आधारहरु निर्माण गर्न खोजिएको छ ।


२ तपाईको विचारमा साहित्य के हो र कस्तो हुनुपर्छ
- साहित्य भनेको कला र विचारको सुन्दर संयोजन हाृे । साहित्य समाजको ऐना मात्र हैनसमाजलाई सही रुपमा मार्गदर्शन गर्ने एउटा सशक्त माध्यम पनि हो ।


३ स्रष्टाहरु देशमा चलेका आन्दोलनमा सशरीर पनि उपस्थित छन् राष्ट्र परिवर्तनमा वर्तमानका सिर्जनाहरु कति प्रभावकारी छन्
- हो राष्ट्रका प्रायः सबै आन्दोलनमा स्रष्टाहरु सशरीर र सिर्जनाहरुबाट दुवै रुपमा सहभागी भएका छन् । वर्तमानका सबै स्रष्टाका सिर्जनाहरु समसामयिक धारबाट अलग छैनन् । बर्तमानका सिर्जनाहरु प्रभावकारी नै छन् भन्ने मलाई लाग्छ ।


४ राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका कति पर्याप्त हो
- राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका सबै अर्थमा पर्याप्त नभए पनि एक हदसम्म पर्याप्त नै छ भन्नुपर्छ ।

५ स्रष्टालाई राष्ट्रले उपेक्षा गरिरहेको थुप्रै कुरा उठ्छन् तपाइले चाँहि आफ्नो सिर्जनाको मूल्याङ्कन कतिको भएको पाउनुभएको छ
- स्रष्टाहरुलाई राष्ट्रले उपेक्षा गरेकै हो । हिजोसम्म र आज पनि उपेक्षा गरेको हो । स्रष्टाहरुले अझै पनि लेखेर बाँच्ने अवस्थाको सिर्जना भएकै छैन । बाँचे पनि दुई चार जना औंलामा गन्न सकिने छन् । तर मेरो सन्दर्भमा चाँहि राज्यले एउटा जिन्दगी बाँच्नेसम्मको वृति दिएको छ । यसलाई मैले राज्यबाट पाएको सम्मानको रुपमा लिएकी छु ।

६ तोकिएको मितिमा संविधानसभाको चुनाव नहुने भएको छ तपाइको विचारमा यसो हुनुमा के कारण मुख्य हो
- तोकिएको मितिमा संविधानसभाको चुनाव हुन नसक्नुको मुख्य कारण राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति नहुनु नै हो । आपसमा सत्ताकै लागि खिचातानी हुनु जनताप्रति दलहरु संवेदनशील नहनु नै सबैभन्दा मुख्य कारण हो ।

७ स्रष्टा र राष्ट्रको भविश्य कस्तो देख्नुहुन्छ < स्रष्टा र राष्ट्रको भविष्य सही नेतृत्व पाउन सक्यो भने उज्ज्वल नै छ । म त्यति निराश भै हाल्नुपर्ने स्थिती देख्दिनँ । ८ सिर्जनामा सर्जकका अहिलेका विषय सामाग्री के-के हुन्
- देशको समसामयिक यथार्थ नै प्रधन विषय हो । सिर्जनाका हरेक विषयसँग वर्तमान छोइएको छ ।


९ साहित्यका वाद र धारहरुमा तपाईँ कहाँनेर हुनुहुन्छ तपाईँ आफ्नो लेखनीको आदर्श केलाई मान्नुहुन्छ
- साहित्यका वाद र धारमा म कहाँनेर छु थाहा छैन । म वाद र धारलाई त्यति पछ्याउँदिनँ । म आफ्नो लखनीको आदर्श मानववाद र जनतन्त्र स्वच्छन्द प्रगतिशील नै हो । म साहित्यका वाद र धारमा त्यहीँनेर छु जस्तो लाग्छ ।

१० तपाई नोबल शान्ति पुरस्कारको लागि पनि नोमिनेशनमा पर्नुभयो शान्ति कै कुरा गरौं देशमा शान्ति स्थापनाको लागि सर्जकहरुको पनि सिर्जनात्मक मोर्चाको आवश्यकता छैन
- हो म नोवल शान्ति पुरस्कारको लागि मनोनयन भएकी थिएँ । देशमा शान्ति स्थापनाको लागि साँचो मन भएका सर्जकहरुको मोर्चा नै हुनुपर्छ भन्ने होइन सर्जक आफैंमा मोर्चा हो उनीहरुको सिर्जनाले शान्ति ओकल्छ र जनताले चाहेको शान्ति वास्तविक रुपमा उनीहरुको कलमले बोक्छ भने उनीहरुको वीचमा सिर्जनात्मक मोर्चा र एकता आफैं बन्छ ।

११ राजधानी र मोफसलको दुरी लम्बिदैछ कि छोटिदैछ
- राजधानी र मोफसलको दुरीको कुरा गर्दा हामी स्वयंले बढाइरहेका छौं कि एक पटक हामी मोफसलका सर्जकहरुले सोच्नुपर्छ । मलाई लाग्छ दुवै पक्षले एक अर्काको अस्तित्व नस्वीकारेकै कारण मोफसल र राजधानीको दुरी लम्बिएको हो । अबको पुस्ताले एउटा पुल बनेर त्यसलाई जोड्ने काम गर्न आवश्यक छ । तर नव पुस्ता त्यो खालको काम गर्ने पक्षमा छैन ऊ आफैं ठूलो जान्ने ठान्छ । समस्या त्यहाँनेर पनि छ । त्यसैले सबै युवा पुस्ताहरुलाई म आह्वान गर्छु -तिमी राजधानी पस तर घरजम गरेर त्यहाँ नबस किनभने विकेन्द्रित हुनुपर्छ ।

१२ तपाई पछिल्लो समयमा गजल सिर्जना र चित्रकारिताप्रति नजिक देखिनुहुन्छयसका प्रेरणा र आकर्षण के हुन्
- म एउटी साहित्यकी सर्जक हुँ गजल पनि साहित्यकै एउटा विधा हो । मैले यो विधालाई पनि पछिल्लो समयमा अरु विधा जस्तै समात्नु कुनै अनौठो कुरा होइन । रह्यो चित्रकारिता मान्छेका विभिन्न सौंखहरु हुन्छन् मेरो पनि चित्रकारिता एउटा सौंख बनेर आएको छ ।
१३ झमक घिमिरे साहित्यकला प्रतिष्ठान धनकुटामा भर्खरै स्थापना भएछ प्रतिष्ठानको उद्देश्य के हो
- हो झमक घिमिरे साहित्य कला प्रतिष्ठान धनकुटामा स्थापित भएको छ । यसको मूल उद्देश्य मोफसलमा बसेका साहित्य कलाका सर्जकहरुलाई एकै ठाउँमा ल्याएर साझा माचको रुपमा स्थापित गर्ने नै हो । साथमा झमक घिमिरेको व्यक्तित्व र कृतित्वलाई व्यावस्थित गर्ने मोफसलमा साहित्यिक र सांस्कृतिक गतिविधी गर्ने नै हो ।

१४ तपाईको भावी योजना र जीवनको लक्ष्यबारे केही जान्न सकिन्छ कि
- मेरो भावी योजना सबै पाठक स्रोताहरुको सामु स्पष्टै छ म एउटा सिर्जना लागेर आफ्नो जिन्दगी बिताउन चाहने मान्छे हुँ । त्यसैमा समर्पित हुनु मेरो धर्म हो अब जीवनको एउटै मात्र लक्ष्य छ कसरी आफु बाँचेको अर्थपूर्ण बनाउने

१५ अन्त्यमा पाठकलाई के भन्नुहुन्छ .
आम पाठकहरुलाई यही भन्न चाहन्छु तपाइहरुको गाली र ताली दुवै झमकलाई चाहिन्छ । तपाईहरु झमकबाट के चाहनुहुन्छ प्रतिकि्रया अवश्य दिनुहोला । मनको कुरा खोल्न दिनुभएकोमा तपाइलाई धन्यावाद ।

No comments:

Post a Comment