Friday, January 2, 2009

चतराघाटको चल्लो


लेख


चतराघाटको चल्लो र नारानघाटको भिखारी


निराजन बतास


झोला बोकाउने हो बोकाउने भाु बोकाउनु ।ु मान्छेको अक्कल लगाएर अंकल भन्दै फुच्चे आशाातीत अनुरोध गर्छ-ुतपाइको झोला म बोकिदिन्छु नि अंकल ।ु उः सबैलाई गन्दै हेर्छ र घरि वारि र घरि पारि गएर यसै भन्छ-ुआन्टी तपाइको ब्याग गरुङ भए म सघाउँथे ।ु ऊ दैनिक भेटिने ठाऊँ बनेको छ यो । चतराघाट नामी भएको छ हिजोआज । सप्तकोशीले पूर्व पश्चिम राजमार्गको सुनसरी-सप्तरी सीमाखण्डको खण्ड खाइदिएपछि पूर्व-पश्चिम गर्ने यात्रीहरु पूर्वबाट धारान-चतराघाट र भित्रिमधेस उदयपुरका बुङबुङ धुलौटे र घुमाउरो पिँध थेचारिने सडक टेकेर जान बाध्य भएका छन् । प्रिश्चमबाट पूर्व फिरेका वा हिडेकालाई पनि अन्य विकल्पका मार्गहरुभन्दा त्यै बाटो बढी सुरक्षित लागेको छ । दिनमा ओहोर दोहोृर गर्ने करीब १५ हजार यात्री एक ठाउँमा थुपार्ने हो भने उभैँ हेर्नुपर्ने रास बन्ला तर त्यति संख्याले ओर्तिर पर्तिर धेरथोर सास्ती खेप्दै भए पनि हिजोआज चतराघाट तर्ने गरेको छ । जुगदेखि एकाध गाउँलेहरु ह्वार्र बल्ने सिटा र िझंजा खोज्न वारपार गर्ने घाटमा अहिले आकाशा झुल्किदा र निभ्दासम्म रमितै लाग्दो भीड छ । भीडले उसलाई देख्ला नदेख्ला तर ऊ भीको प्रत्येकलाई एक एक देख्दछ । ुके भन्छ यो चल्लो ु एक गतिलमान यात्रीे उसको संवेदना कुल्चेर उसलाई ुचल्लोु भनिदिन्छ । ुपर जाु ुभाग्ु तिनै अनहारले उसलाई यसरी हपार्छन् । उसले दिनमा करीब दश बाह्र झोला वल्लो भंगालोदेखि पल्लो भंगालोसम्म दश रुपैयाँ दरले बोक्दछ । पसिना बगरमा तप्किदो छ र बेपर्वाह सुक्दो छ । धेरै चल्लोहरुमध्येको ऊ एउटा चल्लो काम गरेर चारो जोहो गर्दो छ । ग्वारग्वार्ती मान्छे हिड्ने मूलबाटो बनेको चतराघाटमा अचेल ंचल्लाुहरुको बिगबिगी छ । विद्यालय पढ्न जाने बेलाका दुधमुखेहरुलाई चल्लो बनेको देख्दा कसैको मनमा ऐंठन नपर्न र पर्न दुवै सक्छ र पर्नु र नपर्नुले कुनै अर्थ पनि नराख्न सक्छ । मसिना पाखुराहरुले दाम र कामको मोलमोलाइ गरिरहेका छन् । घाटमा भीड लाग्न थालेदेखि पारी उदयपुर र वारी चतरा र अन्य टाढा गाउँका बालकहरु श्रम गर्न बगर झरेका छन् । कोही आफैं र कोही अभिभावकले पठाएका उनीहरुलाई देखेर यतिखेर सुन्दर कल्पना गरिएको देशको भावी पुस्ताको सुदुर भविष्य आंकलन गर्न सकिन्छ । ढुंगाले घोचेर घाऊ बनेका पाइताला र ठोकिएका औंलामा बाँधिएका तर फुस्किएका झुम्राहरु बेवास्ता गर्दै उनीहरु कुध्छन् उनीहरुको ढाडमा आफु बढीको झोलाहरु छाँदिएका छन् । ुआजको बालक भोलिको कर्णधारु भन्न कुनै पनि बाँकी चुचे मुखले बाँकी राखेन । तर देशमा बेला बेला ठूलै मुद्दा बन्ने गरेको तर ठोस केही हुने नगरेको ुबालश्रमु शीर्षक खाली पोष्टर र विज्ञापनभन्दा उपल्लो बनेन । ुचल्लाु चारोको आश गर्न सक्दैन मुखेहरुसँग र तीन गेडा कनिकाको लागि बालुवामा जोतिन्छ । शहरका खाते बालकहरुलाई सम्मान गरिनुपर्छ भन्दै ुसडक बालकु नामाकरण गरेर नाफावाल निकायहरुले सडकमा नै अझै उनीहरुलाई हकार्दै िहंडीरहेको तीतो सत्य हो । शहरमा मान्छेको डंगुर र मान्छेले बनाएको फोहरको डंगर र फेरि दुवै थरिका डंगुरमाथि बाँचिरहेका ज्याला मजदुर बालबालिकाहरु । शहरमा बिजोग सडक बालबालिका र ज्याला मजदुरी गर्नेको कथा बेग्लै फेहरिस्त हो । तर यसरी ज्याला मजदुरी गरेर ज्यान पाल्दा नैसर्गिक अधिकार ुशिक्षाु नै गुमाउनृपर्ने नियतिले देशका बढी ग्रामीण बालबालिकालाई सँर्धैभरि घेरेको छ र पुगेका छन् चल्ला बन्न । भावी शैक्षिक जनशक्तिका सप्तकोशी सम्भावनाहरु बगरमा रुझ्दा कोही कसैले गम्भीर भएर केही सोचिदिने फुस्रद राख्दैन । तर आफुचिन्ते कर्मकाण्डी अगुवाले बगरसम्म र सडकसम्म नीति र कामको पहुँच पुर् याएका छैनन् । साँच्चै भन्ने हो भने जनताले आफ्नो भलो गर्लान् भनेर ुमाऊ बनाएकाहरु ुबेश्या माऊ र जनता ुचिहीको चल्लाु भएका छन् त्यसैको परिणामतः पनि हो चतरघाटको चल्लो । ुपचास-पचासको बिटा बना ।ु ड्राइभर कर्मचारीलाई सतर्क गराउँछ-ुतेरा बाऊले भरे दुःख दिन्छ ।ु चतराघाट पारी बगरमा यात्री चढेका आधी गाडी काठमाण्डु जान्छन् । बाटामा बर्दीधारी किनाराबाट अलि भित्रिन्छ र भन्छ-ुपचास ले ! चिया खानुपरेन ु ुयस्तो नि हुन्छ यताु यात्रु आश्चर्य बोल्छ-ुकस्तो भिखारी पुलिस रहेछन् ।ु उदयपुरदेखि नै प्रत्येक जसो गाडीबाट बाटामा उभिएका ट्राफिक र प्रहरीले अरु कुरा छाडेर शुरुमा नै गाडीलाई थु्त्न थाल्छन् । एक गाडीबाट राजधानी लागेको गाडीबाट नारायणघाटमा मात्र दुइ ठाउँमा बिना पोष्ट सडकमा औपचारिकताका लागि ठिङगि्रएका ट्राफिकले बसको जेबबाट पचास-पचास झार्छन् । ड्राइभरको निरिहता बोल्छ-ुहुन्छ सर चिया खानुस् ।ु त्यसपछि कुरिनटार नौबिसे आदि ठाउँमा फेरि पचास-पचास खस्दै जान्छ । भनिएको सुनियो खासगरी रातीऊँधो र बिहान वा अन्य बेला नै पनि प्रहरी ड्यूटीमा रहेका बेला प्रायजसो गाडीले पचास-पचासका नोटहरु एकातिर राखिराख्नुपर्छ नत्र फेरि अर्को खेप दुःख पाउनुपर्ने हुनसक्छ । त्यै भएर पनि ट्राफिक देख्नासाथ विना इशासा चुपचाप पचास खस्छ गाडीबाट । राजधानी छिर्ने सबैभन्दा ब्यस्त पृथ्वी राजमार्गमा बसेका ट्राफिक प्रहरी कोही सिकुटे र दुब्ला लाग्दैनन् । अनि प्रसंग जोडिन्छ चतराघाटतिरको चल्लो र नारानघाटतिरको सग्लो भिखारीको । दिनभर आकाश बोकेर चल्ल्ााे जाबो दश रुपैयाँ कमाउँछ । नारानघाटको मगन्ते पचास-पचास दिनको करिब दुइ पचास पटक जम्मा गर्छ र खुशीले फिसिक्क हाँस्छ । चल्लो काँध टकटक्याउँछ र आनन्दमा झुम्छ । चतराघाट त्यसरी बाँच्छ नारानघाट त्यसरी रमाउँछ । मलाई लाग्दछ नेपालीले देश विकासको सपना नपालेकै राम्रो जे जसरी कमाइ गरेर आफ्नो पेट भरिन्छ त्यै बेश छ । किनभने विकासको सपना शताब्दीयौं पुरानो हो र त्यो त्यसै गरी लम्बिदै जानेछ । देश विकास भए सबै नेपालीले दुःख पाऊन्नन् भन्ने मान्छेको चकलेट कपोकल्पना हो । विश्वका विकास अनुभवले नेपालीमा त्यसको कुनै संभावना देखिदैन । जापान आजभन्दा करीब ६० वर्षअघि मात्रै पनि आजको नेपालको सेरोफेरोमा थियो । तर देश विकासको लागि उनीहरुले सामूहिक काम गरे । कसैलाई माग्नु र लुट्नु होइन उनीहरुको सबै लगन देश विकासमा केन्द्रित भयो र आज एसियाकै अग्ला घरहरु त्यहाँ छन् । राष्ट्र समृद्धिका लगि चीनमा प्रत्येक जनताले एक छाक खाएर काम गरेको बताइन्छ । तर नेपालको वीचतिर गुड्दै गर्दा एक नेपालीले बर्दीधारी भिखारी केही थापेर र धुतेर खुब रमाएको देख्दछ र चल्लो चिउचिउ गरिरहेको पनि भेट्दछ । र फेरि पूर्व अथवा पश्चिम लागेको त्यै यात्रीलाई यात्रा सकिएपछि पनि बुङबुङ धुलौटे भिरालो घुमाउरो र चिप्लेटी बाटोले पर्खिरहन्छ । ०६५ कार्तिक काठमाँडौ ।

No comments:

Post a Comment