Friday, January 2, 2009

भेट्नोमा चोट !


लेख


भेट्नोमा चोट !


निराजन बतास


एक महान व्यक्तित्व क्लोरिन्स ह्यारीले कुनै जुगमा भनेका थिए-ुयदि तिमी आफ्नो स्वतन्त्रता र सुरक्षा चाहन्छौ भने अरुको स्वतन्त्रता हनन नगर ।ु सांसारिक सबै संयन्त्र ुरिसीप्रोकलु भएको इंगित गर्ने यो उक्तिको अर्थ धेरै जुगपछि पनि अप्रधान नबन्ने ठोकुवा गर्न सकिन्छ । यो साता माओवादी सम्बद्ध मजदुरले गरेको हिमाल मिडिया माथिको आक्रमण र त्यसले उठाएको प्रेस स्वतन्त्रताको कुराले ठूलो खैलाबैला भएको छ । देश परिवर्तन र प्रत्येक नयाँ युगको प्राप्तिसँगै संसारले नै प्रेसलाई अभिन्न अंग मानिरहने बखत कान्छो गणतन्त्रान्त्रिक नेपालमा भने प्रेस स्वतन्त्राको सवाल टड्कारो हुनु कति प्रश्नयोग्य हुन सक्ला यसले अन्त्यहीन प्रश्नलाई फेरि बार नलाउने संकेत गर्दछ । आइतबार माओवादी सम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुराँ संघका अध्यक्ष रमेशबाबु पन्त नेतृत्वको समूहले गरेको मिडिया माथिको आक्रमण पत्रकारिता जगतको मात्र नभएर फेरि एक पटक देशकै ठूलो चिन्ताको विषय बन्न पुगेको छ । यसले सोच्ने घोत्लिने अनेक बाटोहरुको करेसो बनाएको छ । आफु अनुकुलकै समाचार नछापिएकै निहुँमा कुनै पार्टी त्यो पनि सत्ताको नेतृत्व गरिरहेको पार्टीको भातृसंगठनले प्रेसलाई सिधै आक्रमणको निशाना बनाउनु कति धैर्य र कानुनमा कति सापेक्ष हुन सक्ला राज्य सत्तासँग जनताले भिडिरहेको बखत प्रेसले कुँजिनु पर्ने गरेको विषम इतिहास र त्यसको अवतरणलाई फेरि नबिस्रने हो भने पनि प्रेस माथिका आक्रमणमा के-कस्ता दुर्दर्शिता हुन सक्लान् त्यो बुझ्न हम्मे पर्ने हुनसक्छ । हिमाल मिडिया माथिको आक्रमणमा मिडिया अन्तर्गत नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित पत्रकार डम्बरकृष्ण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत फाइनान्स अफिसर लगायत १२ जना घाइते भएका छन् । मिडियाले निकालेको विज्ञप्ति अनुसार मिडियाको ललितपुर स्थित कार्यालयमा आक्रमणकारीले तोडफोड गर्नुका साथै कार्यालयका पत्रकार र कर्मचारीलाई नियन्त्रण गरी कुटपिट गरेका छन् । झण्डै पचासको समूहका आक्रमणकारीले निकालिएका ११ मजदुरलाई २४ घण्टाभित्र पुनर्बहाली गर्न चेतावनी दिएका छन् भने नसच्चिए अर्को चर्को अवस्था हुन सक्ने बोलेर गएका छन् । घटनाको अन्तर्राष्ट्रिय समुदायसम्म यतिखेर विरोध र भत्स्रना भइरहेको छ । पत्रकार विरोधमा धर्ना र जुलशु निस्केका छन् भने छापा र प्रसारण साचारमाध्यमहरुले एकसाथ विरोध गरिरहेका छन् । घटनाको राजनीतिक वृतमा समेत हल्लीखल्ली भएको छ । सरकारको नेतृत्वकर्ता माओवादी सम्बद्ध मजदुरहरुको आक्रमणले संविधानसभाको ठूलो दल नेकपा माओवादी आलोचित भइरहेको छ । आइतबार व्यावस्थापिका संसदको बैठकमा घटनाको सभासदहरुले तीव्र आलोचना गरेको छन् । सभासदहरुले स्वतन्त्र प्रेस माथि कसैले धावा नबोल्न चेतावनी दिएका छन् भने पत्रकारहरुको आन्दोलनमा राजनैतिक दलका नेताहरु सडकमा नै सहभागी भएका छन् । मिडिया सोसाइटी सम्पादक साजाल नेपाल पत्रकार महासंघ अमेरिकी दुतावास संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको नेपाल स्थित कार्यालय राष्ट्रिय मानव अधिकार आयोग नेपाल बार एशोसिएसन नेपाल विज्ञापन संघ लगायत निकायले घटनालाई वाक् स्वतन्त्रता माथिको ठाडॊ हस्तक्षेप र प्रेस माथिको बर्बर र निर्लज्ज प्रहार भन्दै विरोध र दोषीलाई कार्वाही माग गरेका छन् । जनताको सबै स्वतन्त्रताको लागि पे्रस स्वतन्त्रता एउटा मूल कडी नै हुने गर्दछ । राष्ट्रको चौथो अंगको रुपमा प्रेसको भूमिका सबै देशमा सम्मानजनक मानिन्छ । राष्ट्रिय जनजीवनमा प्रत्यक्ष समकालीन सहभागिता राख्ने प्रेस जनताको भरोसा पनि हो । तर नेपाली प्रेसको अवस्थालाई यतिखेर फर्केर हेर्ने हो भने यसले आफ्नो कालखण्डलाई निर्बाध पाउन सकिरहेको छैन । देशले यो अवस्थासम्म आइपुग्न थुप्रै जनविरोधी शासनसँग जुझ्नु परेको छ । देशको शासन जनहित विपरित भए स्वतन्त्र प्रेस राज्यसत्ताको दुस्मन नै हुने गर्दछ । राज्यका कि्रयाकलापलाई स्वतन्त्र प्रेसले नै ुवाच डगु गर्ने हुँदा कतिपय शासक पत्रकारिताबाट तसर्िने र डराउने गर्दछन् । प्रेसका अघिल्तिर जनविरोधी शक्ति कुनै हालतमा छिप्न सक्दै सक्दैन । विश्वका थुप्रै इतिहासलाई पल्टाउने हो भने पनि प्रेसको भूमिकालाई कसैले नजरअन्दाज लगाउन सक्दैन । प्रेसले खेलेको भूमिकालाई वाटरगेट काण्ड सम्झे मात्रै पनि काफी हुनेछ । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको कार्यकालमा मार्क फेल्टले राष्ट्रपतिका मान्छेहरुले अधिकारको दुरुपयोग गरिरहेको सूचना सम्प्रेषण गरेका थिए । जनतामाझ गएको त्यही सही सूचनाको प्रहारले सन १९७४ को अगस्टमा राष्ट्रपति निक्सनले आफ्नो पदबाट राजीनामा दिनु परेको थियो । किनभने वासिङटनस्थित वाटरगेट कम्पलेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटिको मुख्यालयमा चोरी भएको त्यसै साथ फेल्टले सूचना ल्याएका थिए र अनुसन्धानले निक्सन समर्थकको हात रहेको मात्रै देखाएन कि राजनीतिक जासुसी धोका र घुसखोरीको मुद्दा समेत बाहिर आएको थियो । भलै सूचना सम्प्रेषकले कुनै पक्षको प्रताडना र सास्ती खेपेका छन् तर स्वतन्त्र प्रेसकै बलमा परिवर्तनको विन्दु र जग भेटिने कुरा भन्नै पर्ने सत्य हो । यद्यपि हिमाल मिडिया माथिको तेस्रो आक्रमण र स्वतन्त्र पत्रकारितामा देशमा घट्दै र कम हुँदै नगइरहेका घटनाले सत्यतथ्य समाचार पाउने अधिकार पाउनुपर्नेले समेत गम्भीर चिन्ता लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । घटनाको भोलिपल्ट सोमबार प्रधानमन्त्री पुष्ष्कमल दाहाल दोलखाको जिरीमा दक्षिण एशियाली स्वतन्त्र पत्रकार संंगठनको सम्मेलन उद्घाटनमा बोल्दै थिए । उनले त्यहाँ ुपत्रकारिताको विकासले नै नेपाली आन्दोलनहरु सफल भएकोु बताएका थिए । उनले सामाजिक रुपान्तरणका लागि नेपाली समाज चुनौती र जोखिमबाट गुजि्ररहेको र पत्रकारिता त्यसबाट अछुतो रहन नसक्ने बताए । यतिखेर सोच्नुपर्ने के हो भने पत्रकारितामा चुनौती यतिखेर कहाँनेरबाट सिर्जित भइरहेको छ के नेपाली प्रेस फेरि अर्को कुनै प्राप्तिका लागि राज्यसँग लडिरहेको हो त अभिव्यक्ति र प्राप्तिको हक जनताका मौलिक हक हुन् । जनतालाई राज्यसँग र राज्यलाई जनतासँग जोड्ने भेट्नोमा प्रहार हुनु कसका लागि हितकर हुनसक्छ जनताले धेरै हदसम्म सोचेका थिएनन् । देश यसरी यही समयमा गणतान्त्रिक हुनेछ । र भएपछि जनताले थोरै हद छोडेर सोचेका थिए अब देश वास्तवमा नै पहिलेका सास्ती र दुःख नदोहोरिने गरी एकोहोरिनेछ । नेपाली प्रेसको कुँजिएको ढाड अब बिस्तारै तङिग्रने छ र ठमठम हिड्नेछ । ुनयाँ नेपालु भनिदैं गरियो र सबै कुरामा ुनयाँु अर्थात् दुःखलाई बाहेकमा राखेर धेरै कल्पना गरिए । तर पनि यतिखेर जनताले उही पूरानो सास्तीको छनक पाइरहेको स्वयम् जनताले भनेको कुरा हो । शाही शासनकालमा राज्यद्वारा गरिएको प्रेसमाथिको दमनकै पारामा अहिले आक्रमण हुनु निन्दनीय र दुःखदायी छ । आफ्ना माग र तिनको सुनुवाइको लागि कानुन हुँदाहुँदै यो घटनाले कानुनी राज्यलाई चुनौती मात्र थपेको होइन प्रेस स्वतन्त्रताप्रति देश खतरामुक्त नभएको खबर गर्छ । हिमाल मिडियामाथिको आक्रमण दण्डहीनताकै उपज भएको मिडियाकर्मीले विश्लेषण गरेका छन् । यस अघि भएको हिमालमाथिकै आक्रमणकारीलाई तोकेरै देखाउँदा पनि सरकारले कार्वाही नगरेको र त्यसैको आत्मबलको फलस्वरुप घटना दोहोरिएको बताइएको छ । अहिले पनि आक्रमणमा संलग्न आफुलाई पन्छाइरहेका छन् । आक्रमणकारीले उल्टै वार्ता गर्न गएकालाई हिमाल मिडियाका गुण्डाहरुले कुटेको आरोप लगाएका छन् । असन्तुष्टि रहन सक्थ्यो । कानुनी उपायहरु बनाइएका छन् । तर सत्ताको ठूलो पार्टी सम्बद्धले गरेको आक्रमण र पन्छिने जुन बहाना हो त्यसले आक्रमणकारी र माऊ पार्टीको जनआदर्शलाई जनतामा स्थिर नराख्न सक्नेछ । माओवादी नेतृत्वको सरकारसँग जनताले साँचेको आशा पहिलेका आशा भन्दा निकैै बढी र महत्वको छ । आफ्ना कार्यकर्तालाइर्् संयममा राख्न नसक्नुले उसले ऐतिहासिक भूलमा पश्चाताप गर्नुपर्ने हुनसक्छ किनभने टिकिरहने जनताको विश्वास मात्रै कुनै पनि पार्टीका लागि अन्तिम र धु्रवसत्य छ । प्रधानमन्त्रीले भनिसकेको दोषी पत्ता लगाउने काम कार्वाहीको निर्देशन कति पालना हुन सक्छ त्यसले प्रेस स्वतन्त्रताप्रतिको राज्यको प्रतिबद्धता मानक गर्नेछ । जनताको सूचनाको हक सुनिश्चित गर्न कुनै पनि दल वा संगठन वा मिडियाले प्रतिबद्ध हुनैपर्छ । आफ्नो समाचार छाप्ने बनाउन सूचनालाई बङग्याउनु अर्को गल्ती हो । राज्यमा कानुनी शासनलाई मर्यादित बनाउन सरकार लाचार बन्छ भने त्यो जनतासामु उसको निर्मम घडी हो । सबैले बुझ्नु पर्ने फेरि सांसारिक सबै संयन्त्र ुरिसीप्रकोलु नै हुन् । ०६५ पुस १० काठमाँडौ ।

No comments:

Post a Comment