Friday, January 2, 2009

हनिमूनको छेकछन्द


लेख


हनिमूनको छेकछन्द


निराजन बतास


भनिन्छ पहिलो सेक्स पीडादायी हुन्छ । अब यसलाई पूरातन मान्यता भने हुन्छ-ुफस्र्ट सेक्स हनिमून पिरियडको शुभारम्भ हो ।ु विवाह पूर्व नै हनिमूनको परम्परा बसालिरहेको नेपाली समाज जुग सुहाउँदो बन्न गइरहेको हुँदो हो खैर हनिमून पिरियड बहुतै रोमान्स आनन्दी र सम्झनै खालको हुने कुरामा भने सायदै मतान्तर रहला । त्यै भएर पनि होला मान्छेमा हनिमूनका लामै योजना र तालिका हुन्छन् अचेल । ुहनिमून पिरियडलाई कुनै अर्को क्षणसगँ दाँज्नु राम्रो होइनु यस्तै सुनिन्छ कैलेकाही । अहिले सरकारको हनिमून पिरियडको अग्लै समीक्षा भइरहेको छ । खास गरी शहरमा ुयसोु र ुत्यसोु भन्दै सरकारी कामकाजको लेखाजोखा अहिले ठूलै हल्लाखल्लाका साथ भइरहेको छ । ऐतिहासिक संविधानसभाको निर्वाचनपछिको पहिलो नयाँ सरकारले पहिलेका पिरियडहरुभन्दा कति राम्रा काम गर् यो गर् यो वा गरेन भन्ने चासो चेत मानसमा पनि धेरथोर छ नै । खास गरी सरकारको अघिल्ला सय दिनलाई ुहनिमून पिरियडुको रुपमा उसको कमकाजको मूल्याङ्कन गर्ने गरिन्छ । सय दिनमा सरकारले बनाउने एजेण्डा कार्यक्रम र उसले शुरु गरेका काम अनि राज्यलाई निश्चित नयाँ कार्यदिशा तर्फ डोर् याउने गरेको उसको ल्याकतको आधारमा हरेक नयाँ सरकारले अंक पाउने गर्दछ । यतिखेर भइरहेका समीक्षाहरुमध्ये धेरैले सरकारको आलोचना गरिरहेका छन् । सरकारका काम कार्वाहीलाई यतिखेर खुबै प्रशंसा र खुबै आलोचनाका हिसाबले भन्दा पनि समालोचनात्मक रुपले बुझ्न जाति ठहर्छ । देशलाई नयाँ विन्दुतिर धकेल्न र जनतालाई भाग्यमानी बनाउने महत्वाकांक्षाका साथ नै जनताले नयाँ सरकार फर्मान गरेका हुन् । तर यस वीचमा जनताले परिवर्तनको कुनै ठूलो महशुस गर्न भने पाएनन् । सत्ता साझेदार दलहरु वीचमा नै टेढो आँखाले हेर्ने प्रवृति र युवा संगठन मार्फत्का पार्टीहरु वीचको भीडन्तले सय दिनकै वीचमा निकै रमिता देखायो । वाइसीएल र युथफेस्रको मुड्की र घुड्की हानाहान सबैभन्दा बढी यसै पाली देखिए । तिनै युवा संगठनको कारणले उत्पन्न झगडाले वीचमा दर्जन जति युवाको ज्यान समेत गयो भने सरकारले शान्ति सुरक्षाको ठूलै हाँक देखाए पनि अपहरण र हत्याको श्रृङ्खला पटक्कै घटेन । पछिल्लो समय काठमाँडौकै दूई युवा निर्मल पन्त र पुस्कर डंगोल सरकारकै नेतृत्व गर्ने पार्टीकै युवा आक्रमणबाट मारिए भने कालिमाटीका दुई स्कुले विद्यार्थको हत्या भएको छ । यसै गरी कैलालीका पत्रकार जगत जोशीको हत्याको विरोधमा अहिले विरोध भइरहेको छ । शान्ति सुरक्षाका नाममा सरकारले राजधानीका रात्री व्यावसायमा प्रतिबन्ध लगाएको छ भने सडक व्यापारीलाई लखेटेको छ । यी दुवैको विरोध भएको छ । सडककै कुरा सुन्ने हो भने सरकारले गरेर खाने अधिकार समेत खोसेको छ । महंगीले जनतको ढाडको एउटा करङ भने खुस्किसकेको देखिन्छ । पेट्रोलियम पदार्थमा भएको चर्को महंगी र पछि अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेर घटाइएको भनिएको मूल्य अझै सर्वसाधारणमाझ पुगेको छैन भने पेट्रोलियम पदार्थ मूल्यबृद्धिको विरोधले गरिएका आन्दोलन जलुस उस्तै र दुरुस्तै छन् उता उद्योग व्यावसायको भने झन बढी ढाड नै कुपि्रन गएको छ । उद्योग भित्रै खडा पार्टीगत ट्रेड यूनियनहरुले देशका ठूला उद्योगमा विभिन्न माग राखी कतै ताला लगाए कतै कब्जा नै गरे । धनकुटाको चिया कारखाना कब्जा त्यै सिलसिला नै थियो । सरकारलाई वार्षिक तीन करोड बढी राजस्व बुझाउने केबलकार तथा वीरगाज विराटनगर र हेटौंडाका ठूला र मझौला उद्योगहरु बन्दै नै भए भने खुल्ने र बन्द हुने भइरहेका छन् । स्वदेशी उद्येगहरु बन्दा हुँदा र महिनौसम्म साचालनमा नआउँदा आखिर देशलाई घाटा भइरहेको छ । जनयुद्धकालमा माओवादीद्वारा कब्जा घरजग्गा मंसिर १५ गते सम्म फिर्ता गरिसक्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ त्यति पूरा भएको देखिदैन । मिति घर्कदा सम्म पनि घर जग्गा फिर्ता गरिएको बारे माओवादीले कुनै घोषणा गरेको छैन बरु सिराहामा घर जग्गा कब्जा प्रकरणमा मन्त्री मातृका यादवले राजीनामा दिन सम्म पुगे । भूमिहीन कमैया र सुकम्बासीको समस्या टरेनन् बरु विभिन्न समयमा पश्चिमका ६७ परिवारको धान लुटियो भने सोमबार मात्र नेपालगाजमा व्यापारी जेहेन्द्रकुमार टन्डनको ३ सय विघा जग्गा कब्जा गरी माओवादीले बाँडीचुँडी गरेका छन् । सप्तकोशीमा अझै बेलीबि्रज नबन्दाको सास्ती अझै उस्तै छ । प्रहरी प्रशासन वन र अन्य निकायमा भएका ब्यापक सरुवा बढुवामा तीव्र विवाद भएका छन् । सरकार गठन पश्चात् प्रधानमन्त्री दुई पटक भारत चीन यूरोप र अमेरिका गए । मन्त्रीकै पदले परराष्ट्र मन्त्री उपेन्द्र यादव र अर्थमन्त्री बाबुराम भट्टराई पनि पटक-पटक विदेश गए । बाह्य भ्रमणमा देशका थुप्रै जल्दाबल्द समस्यााहरु ठेलिदै गइरहे । लोडसेडिङ्ग पेट्रोलियम पदार्थको अभाव ट्राफिक जाम सरकारको सय दिनमा कम हुन सकेनन् । यावत यथार्थले बताउँछ कि थुप्रै होला भन्ने जनताले पालेको थुप्रो आशा पत्करको रास बन्न पुगेको छ । सरकार आफैले ुकाम गर्न नसकिएकोु भनिसकेको छ । जनताको अगाडि यो अलि लाज पचेकै कुरा पनि हो । सरकारले ुविभिन्न विचार पुष्ठभूमि र उद्देश्य बोकेका समूहसँग काम गर्नुपरेको र बजेट बनाउने र विदेश जानु परेकोले जनताको आशा पूरा गर्न नसकिएकोु बताएको छ । सरकारले हनिमूनको स्वाद त लियो तर त्यसलाई जनताले मनपुग्दो भोग्न भने पाएनन् । सय दिनमा सरकारले शान्ति सुरक्षमा सुधार भएको सरकारको दाबी छ । सरकारले गरेको महत्वपूर्ण कामहरु मध्ये सेना समायोजनका लागि समिति गठन विकास अर्थतन्त्र र ग्रामीणमुखी बजेट निर्माण आदि रहेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा भएका सम्झौताहरु आर्थिक तथा वित्तिय क्षेत्रको सुधार अन्तर्गत राजस्व संकलनमा बृद्धि कृषि तथा वन क्षेत्रको विकास आदि सामान्य सरकारी प्रगति भएका छन् । वीचमा संयुक्त राष्ट्रसंघ महासचिव मार्फत् र विदेशबाटै नेपाली कुरा विश्वमाझ पुग्नुले महत्व राखेको छ । समग्रमा हनिमूनले कसैलाई धित मर्ने सन्तुष्टि दिन सकेको देखिदैन जुन जनताले अपेक्षा गरेका थिएनन् । जनताले गतिलो कुनै राहतको महशुस गर्न नपाउनु दुर्भाग्यपूर्ण नै छ । सय दिनको आत्म समीक्षाले सरकारले थुप्रै काम गर्न चुकेको निष्कर्ष निकाल्नु पर्नेछ र त्यसको पूर्ताल गर्न आजै कार्यदिशाको मेलो समात्नुपर्नेछ । सरकारको हनिमून पिरियडकै कामकाजले भोलिको गति र कामको आंकलन गरिने भएकोले हरेक सरकारको हनिमूनलाई ुमर्निङ्ग सोज द डेु भन्ने गरिएको हो । हनिमूनको छेकछन्दमाथि यतिखेर जनतको प्रश्न उठ्नु स्वाभाविक र सान्दर्भिक मात्र छैन अति आवश्यक रहनेछ । यद्यपि सरकार माथिको भरोसा जनताको उत्रै छ । नयाँ संविधान निर्माणको कार्यदिशा सरकारको भएकोले त्यसलाई इमान्दार पूरा गराउनु र जनपक्षीय कामको तादात्म्य मिलाउनु जरुरी छ । सबैभन्दा बढी सरकारका साझेदार पार्टीहरुकै अराजकता निमाृेठ्नु आवश्यक छ । प्रतिपक्षी दल कांग्रेसले पनि संविधान निर्माणको युगमा महत्वपूर्ण र ठूलो जिम्मेवारी पाएको सम्झेर आफ्नो भूमिकालाई सकारात्मक बनाउनु जरुरी छ । कुराको टुंगो मिलाउदै जानु र मिल्दै जानुसँग अबको दिनमा सरकारको सफलता जिम्मेवारीमा कार्यकुशलता देखिदै जानेछ । जीवनमा र जवानीमा एकैपटक आउने हनिमून मात्रै बडो महत्वको हुने गर्दछ । किनभने भावी नयाँ जीवनका लागि हनिमून पिरियडमा नै नवदाम्पत्यले योजना त्यसको लागि गरिने कामको खाका र प्रयास थालनी गर्दछन् । के सरकारले यतिखेर आत्मआलोचना गरेर मात्र पुग्छ त्यसको लागि हनिमूनका घाटाहरुलाई पूर्ताल गर्ने र भावी दिनमा गर्नुपर्ने कामको योजना त्यसको खाका र कामको अभ्यास शुरु गरिहाल्नुपर्दछ । अनि अर्को कुरा फस्र्ट सेक्सको पीडाले नै जीवनमा जीवनको तत्वबोध मात्र बुझाउँदैन कि अकल्पनीय सत्यताको संसारतिर मान्छेलाई लैजान्छ । ०६५ पुस ३ काठमाँडौ ।

No comments:

Post a Comment