Thursday, January 1, 2009

संस्मरण


संस्मरण

सिरानीमा सप्तकोशी-

निराजन बतास

खोकी खोकी साफ गरेको स्वरले बोलाएको भान्जा मलाई लिन भानुचौक आइपुगे । उनी घोपा क्याम्पको मुखैमा औषधी पसल गर्ने सेवक पनि हुन् र सहयोगी भएकाले शरण भान्जा मेरा निकै प्यारा पात्र बनेका हुन् । ुमामा ! बिहे कहिले खुवाउने ु तन्नेरी भान्जाको मिठाइ प्रश्न थियो । थाकेकोले उनले उत्तर नपाइ म भुसुक्कै निदाएछु । रातभर सिरानीमा सप्तकोशी बगिरह्यो म ओछ्यानमा पल्टिएको सप्तकाशीको डिल थियो । जुनेलीमा सप्तकोशी सतहमा मोती छरेझैं जून छल्किरहेको थियो । मेरो मनोवाद थियो-ुयो मध्यरातमा जागा भन्नु म र सप्तकोशी मात्र हुँदो हौ ।ु सप्तकोशीको त्यो रात्री सौन्दर्यमा डाह मलाई यति लाग्यो म पटक-पटक ब्यूँझिरहनुपर् यो । त्यो चतराघाटको सप्तकोशी हो । घाटदेखि मान्छे वारपार गर्न थालेको इतिहासमा त्यहाँ कुनै अपि्रय घटना भएको छैन । वारपार गर्नेहरु पहिले ढोगेर र धुपको धुँवा चढाएर मात्र सप्तकोशी जलयात्राको अनुमति माग्छन् । साउन भदौको भेलमा पनि निर्विकल्प डुंगा तार्दा सप्तकोशी मुस्कुराउँछिन् । पुग्नुपर्ने बसाहा थियो । बेला रहे पनि अनिश्चित बन्दले मलाई त्यही डिलमा अड्न भनेको थियो । ठाऊँ उदयपुर प्रवेश मार्ग सोमबारे मैनामैनी बन्दले धनकुटादेखि धरान झर्न पनि कार्यक्रमका संयोजक सहकर्मी सिद्धराज राईले गाडी रिजर्भ गरेकोले सम्भव भएको थियो । त्यस अघि सप्तकोशी एफ।एमका स्टेशन म्यानेजर र म बीच बन्दले कार्यक्रमलाई बन्दले पार्ने अप्ठ्यारो र तोकिएकै ठाउँबाट कार्यक्रम चलाउनुपर्ने कुरा वीच एकछिन मुखामुख चलेको थियो । म्यानेजर भन्दै थिए-ु५÷६ दिन लागे पनि हिडेर ठाऊँमा पुग्नुपर्छ ।ु ुत्यसो हो भने उत्तम उपाय हामीले कार्यक्रम साचालन नगर्नु नै हो ।ु मेरो सोझो बोली थियो । कार्यक्रम नचलाउँदा हामीलाई बेफाइदा थिएन । पछि उनले नै कुरा मिलाए-ुहोइन पहिला यहाँइटहरी त झर्नोस् अनि उपाय मिलाऊँला ।ु त्यसपछि रिजर्भमा धरानसम्म र धरानदेखि महंगो भाडाको टेम्पोबाट चतरा हुँदै त्यो डिलमा मेरो बास पुगेको थियो । तेश्रो पटकको कार्यक्रम प्रसारणको लागि म त्यहाँ थिएँ । र बास थियो त्यही चोकमा पसल गरी बस्ने त्यै बेला चिनेकी पवित्रा दिदीको घरमा । मैलै बढी राई गाऊँ डुलेकोले मात्र पनि यो अनुभूति भएको हुनसक्छ । बसेका घरमा यै खाले सत्कार हुने गर्छ । म अलमल्ल थिएँ-ुहोइन मैले कति घरका भाले फिरिमा खाने हो ु त्यही सत्कारले मलाई ज्यादै अप्ठ्यारो समेत हुने गरेको छ । ुहत्तेरी ! बटुवालाई यत्रो विधी मान नगर्नु न हौं ।ु यति भन्दा मैले धेरैको गाली खाने गरेको छु-ुकेरे तिमी हाम्रो आफन्त होइनौ चिनजान भएपछि आफन्तै हो यसो भन्ने तिम्ले ु कति ठाउँ पैसा लिन मैले अनुरोध गर्दा कतिले त कुट्नैसम्म खोजेका छन् -ुए पख् त्यस्तो अप्ठ्यारो मान्ने तिम्ले हाम्लाई के ठान्या छौ के तिमी हाम्लाई आफन्त ठान्दैनौं हँ !!ु म पुगेको बेलुकी त्यही पवित्रा दिदीको पसलमा पाकेको भात खाँदैथे । डबुकामा भालेको पखेटा खुट्टा सबै अटेका थिए । मैले भाँडो पनि रित्याएको हुनुपर्छ । डकार्दै मैले भनें-ुखुब मीठो हुँदो रैुछ सोमबारेको भात ।ु वरिपरिका २÷४ जनाले अँध्यारॊतिरैबाट बोले-ुहोइन है दाजै पनि सित्तैमा तेसो भन्नुहुन्छ ।ुत्यो गाउँसित त्यही बेलुकी मैले अचम्म मानें । त्यहाँ भेला भएका किशोरी बहिनीहरु पनि मेरो लागि अचम्म थिए । किनभने त्यो ठाउँ यस्तो रहेछ जहाँ कुनै किशोरी अविवाहित बाँकी रहेनछन् । औसतमा १५ वर्षसम्म सबै किशोरी पोइल जाने गर्दा रहेछन् अनि त्यो िसंगो गाउँमा बहुपत्नी नभएका पुरुषको नाम नै रहेनछ । प्रवेशिका उत्तीर्ण महिला अनुहार त्यहाँ दुर्लभ । २÷४ कक्षा पढ्दै बिहे गर्ने र सबकासब पुरुष युवा विदेशिएका रहेछन् । मलाई भात खुवाउने दिदी पनि मेरो उमेर भन्दा बढ्ती लागेकी थिइनन् तर उनका ७ र ५ वर्षका २ सन्तान छन् । कुरैको श्रृंखलामा उनले भनिन्-ु१३ वर्षमा बिहे भयो ।ु अलि बढी खुलिन्-ुबिहे कसरी गरियो कसरी बच्चा जन्माइयो के-के गरियो सम्झनै छैन ।ुत्यहाँ भेला भएका १५÷१६ वर्षका नानीहरु सबैका कसैका रुने कसैका बामे सर्ने र कसैका दगुर्ने बच्चा थिए । ुके गर्ने त बाउआमाले यसै गरी ल्याए ।ु उनीहरु बेखुशी मान्दैनन्-ुठीक छ नि जैले नि बिहा गर्नैपर्छ ।ुअनि त्यो गाऊँमा १० श्रीमती ल्याउने २ जना रहेछन् । चार श्रीमती मध्येकी साइली रुमाकुमारीसँग मैले कुरा गरें । उनेल भनिन्-ुबुढाले अझै ल्याउन सक्छन् ।ु उनीहरुबाट मैले बुझ्नु आवश्यक यति थियो-ुबहुविवाह त्यहाँ सामान्य हो ।ुम बास बसेको घरकी पवित्रा दिदीको पति पनि विवाह गरेर छुट्टै बसेका रहेछन् । उनले कुराको फेरो मारेर पाखुरा सुक्र्याइन्-ुक्या को डर अझै २÷४ ठाम गइन्छ ।ु बेलुकी गफगफमा निकै बेर बितेछ। त्यसपछि देखाइएको सिकुवामा म लडें र सप्तकोशीसँग बात मार्दै अलिनो निद्रामा म एकरात त्यसरी बितें । अर्को दिन सुती उठी म स्नानको लागि सप्तकोशी झरें । माछाहरु एकाबिहानै सतह छिचोलेर उपि्रुरहेको कम रमाइलो नहुँदो रहेछ । प्रत्यक्ष प्रसारणका लागि आठ जना भेला पार्न १६ जना जतिले सघाए । नानी च्यापेरै भए पनि निकै बहिनीहरु त्यहाँ भेला भए । सप्तकोशी स्टुडियोमा रेडियो नेपाल धनकुटाका सम्पादक अधिकृत कामले केश फुलाएका पत्रकार मिलन राई सोमबारेका स्थानीयको उत्तर दिन तयार थिए । कार्यक्रम शुरु भयो । साचालक टकलाल राईले स्टुडियोमा छलफल शुरु गरे । प्राविधिक कक्षबाट सिद्धराजले सोमबारेलाई इशारा गरे-ुल ठीक पर निराजन ।ु आठै जनाले आफ्नो प्रश्न राम्ररी सोध्न भ्याए । ुए कैले फेरि आउने ु मैले फिर्न झोला बोकेपछि ती गाउँले दिदीबहिनीले मलाई सोधे । ु१५ दिन पछिुमैले मुख फर्काएँ । ुहाम्रो गाँवै यस्तो छ । सम्झेर आउन नभल्नु होलाु सुन्दै म बिदा भएँ । ुनिराजन आज राजा भयोु धनकुटा फिर्दा भेडेटार मुन्तिर सिद्धराज गाडीमा रहेका टकलाल र मिलन राईसँग गफिएुकेटोले सोमबारेमा केटी नै केटी भेला गरेछ ।ु मैले नै कुरा थपें-भेला गर्ने मात्र होइन मैले……।ुक्रमशः…………

1 comment:

  1. This blog is so beautiful as well as the articles. And also the pictures show the natural beautyness.

    ReplyDelete