Wednesday, December 23, 2009
Monday, January 5, 2009
Friday, January 2, 2009
भेट्नोमा चोट !
लेख
भेट्नोमा चोट !
निराजन बतास
एक महान व्यक्तित्व क्लोरिन्स ह्यारीले कुनै जुगमा भनेका थिए-ुयदि तिमी आफ्नो स्वतन्त्रता र सुरक्षा चाहन्छौ भने अरुको स्वतन्त्रता हनन नगर ।ु सांसारिक सबै संयन्त्र ुरिसीप्रोकलु भएको इंगित गर्ने यो उक्तिको अर्थ धेरै जुगपछि पनि अप्रधान नबन्ने ठोकुवा गर्न सकिन्छ । यो साता माओवादी सम्बद्ध मजदुरले गरेको हिमाल मिडिया माथिको आक्रमण र त्यसले उठाएको प्रेस स्वतन्त्रताको कुराले ठूलो खैलाबैला भएको छ । देश परिवर्तन र प्रत्येक नयाँ युगको प्राप्तिसँगै संसारले नै प्रेसलाई अभिन्न अंग मानिरहने बखत कान्छो गणतन्त्रान्त्रिक नेपालमा भने प्रेस स्वतन्त्राको सवाल टड्कारो हुनु कति प्रश्नयोग्य हुन सक्ला यसले अन्त्यहीन प्रश्नलाई फेरि बार नलाउने संकेत गर्दछ । आइतबार माओवादी सम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुराँ संघका अध्यक्ष रमेशबाबु पन्त नेतृत्वको समूहले गरेको मिडिया माथिको आक्रमण पत्रकारिता जगतको मात्र नभएर फेरि एक पटक देशकै ठूलो चिन्ताको विषय बन्न पुगेको छ । यसले सोच्ने घोत्लिने अनेक बाटोहरुको करेसो बनाएको छ । आफु अनुकुलकै समाचार नछापिएकै निहुँमा कुनै पार्टी त्यो पनि सत्ताको नेतृत्व गरिरहेको पार्टीको भातृसंगठनले प्रेसलाई सिधै आक्रमणको निशाना बनाउनु कति धैर्य र कानुनमा कति सापेक्ष हुन सक्ला राज्य सत्तासँग जनताले भिडिरहेको बखत प्रेसले कुँजिनु पर्ने गरेको विषम इतिहास र त्यसको अवतरणलाई फेरि नबिस्रने हो भने पनि प्रेस माथिका आक्रमणमा के-कस्ता दुर्दर्शिता हुन सक्लान् त्यो बुझ्न हम्मे पर्ने हुनसक्छ । हिमाल मिडिया माथिको आक्रमणमा मिडिया अन्तर्गत नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित पत्रकार डम्बरकृष्ण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत फाइनान्स अफिसर लगायत १२ जना घाइते भएका छन् । मिडियाले निकालेको विज्ञप्ति अनुसार मिडियाको ललितपुर स्थित कार्यालयमा आक्रमणकारीले तोडफोड गर्नुका साथै कार्यालयका पत्रकार र कर्मचारीलाई नियन्त्रण गरी कुटपिट गरेका छन् । झण्डै पचासको समूहका आक्रमणकारीले निकालिएका ११ मजदुरलाई २४ घण्टाभित्र पुनर्बहाली गर्न चेतावनी दिएका छन् भने नसच्चिए अर्को चर्को अवस्था हुन सक्ने बोलेर गएका छन् । घटनाको अन्तर्राष्ट्रिय समुदायसम्म यतिखेर विरोध र भत्स्रना भइरहेको छ । पत्रकार विरोधमा धर्ना र जुलशु निस्केका छन् भने छापा र प्रसारण साचारमाध्यमहरुले एकसाथ विरोध गरिरहेका छन् । घटनाको राजनीतिक वृतमा समेत हल्लीखल्ली भएको छ । सरकारको नेतृत्वकर्ता माओवादी सम्बद्ध मजदुरहरुको आक्रमणले संविधानसभाको ठूलो दल नेकपा माओवादी आलोचित भइरहेको छ । आइतबार व्यावस्थापिका संसदको बैठकमा घटनाको सभासदहरुले तीव्र आलोचना गरेको छन् । सभासदहरुले स्वतन्त्र प्रेस माथि कसैले धावा नबोल्न चेतावनी दिएका छन् भने पत्रकारहरुको आन्दोलनमा राजनैतिक दलका नेताहरु सडकमा नै सहभागी भएका छन् । मिडिया सोसाइटी सम्पादक साजाल नेपाल पत्रकार महासंघ अमेरिकी दुतावास संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको नेपाल स्थित कार्यालय राष्ट्रिय मानव अधिकार आयोग नेपाल बार एशोसिएसन नेपाल विज्ञापन संघ लगायत निकायले घटनालाई वाक् स्वतन्त्रता माथिको ठाडॊ हस्तक्षेप र प्रेस माथिको बर्बर र निर्लज्ज प्रहार भन्दै विरोध र दोषीलाई कार्वाही माग गरेका छन् । जनताको सबै स्वतन्त्रताको लागि पे्रस स्वतन्त्रता एउटा मूल कडी नै हुने गर्दछ । राष्ट्रको चौथो अंगको रुपमा प्रेसको भूमिका सबै देशमा सम्मानजनक मानिन्छ । राष्ट्रिय जनजीवनमा प्रत्यक्ष समकालीन सहभागिता राख्ने प्रेस जनताको भरोसा पनि हो । तर नेपाली प्रेसको अवस्थालाई यतिखेर फर्केर हेर्ने हो भने यसले आफ्नो कालखण्डलाई निर्बाध पाउन सकिरहेको छैन । देशले यो अवस्थासम्म आइपुग्न थुप्रै जनविरोधी शासनसँग जुझ्नु परेको छ । देशको शासन जनहित विपरित भए स्वतन्त्र प्रेस राज्यसत्ताको दुस्मन नै हुने गर्दछ । राज्यका कि्रयाकलापलाई स्वतन्त्र प्रेसले नै ुवाच डगु गर्ने हुँदा कतिपय शासक पत्रकारिताबाट तसर्िने र डराउने गर्दछन् । प्रेसका अघिल्तिर जनविरोधी शक्ति कुनै हालतमा छिप्न सक्दै सक्दैन । विश्वका थुप्रै इतिहासलाई पल्टाउने हो भने पनि प्रेसको भूमिकालाई कसैले नजरअन्दाज लगाउन सक्दैन । प्रेसले खेलेको भूमिकालाई वाटरगेट काण्ड सम्झे मात्रै पनि काफी हुनेछ । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको कार्यकालमा मार्क फेल्टले राष्ट्रपतिका मान्छेहरुले अधिकारको दुरुपयोग गरिरहेको सूचना सम्प्रेषण गरेका थिए । जनतामाझ गएको त्यही सही सूचनाको प्रहारले सन १९७४ को अगस्टमा राष्ट्रपति निक्सनले आफ्नो पदबाट राजीनामा दिनु परेको थियो । किनभने वासिङटनस्थित वाटरगेट कम्पलेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटिको मुख्यालयमा चोरी भएको त्यसै साथ फेल्टले सूचना ल्याएका थिए र अनुसन्धानले निक्सन समर्थकको हात रहेको मात्रै देखाएन कि राजनीतिक जासुसी धोका र घुसखोरीको मुद्दा समेत बाहिर आएको थियो । भलै सूचना सम्प्रेषकले कुनै पक्षको प्रताडना र सास्ती खेपेका छन् तर स्वतन्त्र प्रेसकै बलमा परिवर्तनको विन्दु र जग भेटिने कुरा भन्नै पर्ने सत्य हो । यद्यपि हिमाल मिडिया माथिको तेस्रो आक्रमण र स्वतन्त्र पत्रकारितामा देशमा घट्दै र कम हुँदै नगइरहेका घटनाले सत्यतथ्य समाचार पाउने अधिकार पाउनुपर्नेले समेत गम्भीर चिन्ता लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । घटनाको भोलिपल्ट सोमबार प्रधानमन्त्री पुष्ष्कमल दाहाल दोलखाको जिरीमा दक्षिण एशियाली स्वतन्त्र पत्रकार संंगठनको सम्मेलन उद्घाटनमा बोल्दै थिए । उनले त्यहाँ ुपत्रकारिताको विकासले नै नेपाली आन्दोलनहरु सफल भएकोु बताएका थिए । उनले सामाजिक रुपान्तरणका लागि नेपाली समाज चुनौती र जोखिमबाट गुजि्ररहेको र पत्रकारिता त्यसबाट अछुतो रहन नसक्ने बताए । यतिखेर सोच्नुपर्ने के हो भने पत्रकारितामा चुनौती यतिखेर कहाँनेरबाट सिर्जित भइरहेको छ के नेपाली प्रेस फेरि अर्को कुनै प्राप्तिका लागि राज्यसँग लडिरहेको हो त अभिव्यक्ति र प्राप्तिको हक जनताका मौलिक हक हुन् । जनतालाई राज्यसँग र राज्यलाई जनतासँग जोड्ने भेट्नोमा प्रहार हुनु कसका लागि हितकर हुनसक्छ जनताले धेरै हदसम्म सोचेका थिएनन् । देश यसरी यही समयमा गणतान्त्रिक हुनेछ । र भएपछि जनताले थोरै हद छोडेर सोचेका थिए अब देश वास्तवमा नै पहिलेका सास्ती र दुःख नदोहोरिने गरी एकोहोरिनेछ । नेपाली प्रेसको कुँजिएको ढाड अब बिस्तारै तङिग्रने छ र ठमठम हिड्नेछ । ुनयाँ नेपालु भनिदैं गरियो र सबै कुरामा ुनयाँु अर्थात् दुःखलाई बाहेकमा राखेर धेरै कल्पना गरिए । तर पनि यतिखेर जनताले उही पूरानो सास्तीको छनक पाइरहेको स्वयम् जनताले भनेको कुरा हो । शाही शासनकालमा राज्यद्वारा गरिएको प्रेसमाथिको दमनकै पारामा अहिले आक्रमण हुनु निन्दनीय र दुःखदायी छ । आफ्ना माग र तिनको सुनुवाइको लागि कानुन हुँदाहुँदै यो घटनाले कानुनी राज्यलाई चुनौती मात्र थपेको होइन प्रेस स्वतन्त्रताप्रति देश खतरामुक्त नभएको खबर गर्छ । हिमाल मिडियामाथिको आक्रमण दण्डहीनताकै उपज भएको मिडियाकर्मीले विश्लेषण गरेका छन् । यस अघि भएको हिमालमाथिकै आक्रमणकारीलाई तोकेरै देखाउँदा पनि सरकारले कार्वाही नगरेको र त्यसैको आत्मबलको फलस्वरुप घटना दोहोरिएको बताइएको छ । अहिले पनि आक्रमणमा संलग्न आफुलाई पन्छाइरहेका छन् । आक्रमणकारीले उल्टै वार्ता गर्न गएकालाई हिमाल मिडियाका गुण्डाहरुले कुटेको आरोप लगाएका छन् । असन्तुष्टि रहन सक्थ्यो । कानुनी उपायहरु बनाइएका छन् । तर सत्ताको ठूलो पार्टी सम्बद्धले गरेको आक्रमण र पन्छिने जुन बहाना हो त्यसले आक्रमणकारी र माऊ पार्टीको जनआदर्शलाई जनतामा स्थिर नराख्न सक्नेछ । माओवादी नेतृत्वको सरकारसँग जनताले साँचेको आशा पहिलेका आशा भन्दा निकैै बढी र महत्वको छ । आफ्ना कार्यकर्तालाइर्् संयममा राख्न नसक्नुले उसले ऐतिहासिक भूलमा पश्चाताप गर्नुपर्ने हुनसक्छ किनभने टिकिरहने जनताको विश्वास मात्रै कुनै पनि पार्टीका लागि अन्तिम र धु्रवसत्य छ । प्रधानमन्त्रीले भनिसकेको दोषी पत्ता लगाउने काम कार्वाहीको निर्देशन कति पालना हुन सक्छ त्यसले प्रेस स्वतन्त्रताप्रतिको राज्यको प्रतिबद्धता मानक गर्नेछ । जनताको सूचनाको हक सुनिश्चित गर्न कुनै पनि दल वा संगठन वा मिडियाले प्रतिबद्ध हुनैपर्छ । आफ्नो समाचार छाप्ने बनाउन सूचनालाई बङग्याउनु अर्को गल्ती हो । राज्यमा कानुनी शासनलाई मर्यादित बनाउन सरकार लाचार बन्छ भने त्यो जनतासामु उसको निर्मम घडी हो । सबैले बुझ्नु पर्ने फेरि सांसारिक सबै संयन्त्र ुरिसीप्रकोलु नै हुन् । ०६५ पुस १० काठमाँडौ ।
हनिमूनको छेकछन्द
लेख
हनिमूनको छेकछन्द
निराजन बतास
भनिन्छ पहिलो सेक्स पीडादायी हुन्छ । अब यसलाई पूरातन मान्यता भने हुन्छ-ुफस्र्ट सेक्स हनिमून पिरियडको शुभारम्भ हो ।ु विवाह पूर्व नै हनिमूनको परम्परा बसालिरहेको नेपाली समाज जुग सुहाउँदो बन्न गइरहेको हुँदो हो खैर हनिमून पिरियड बहुतै रोमान्स आनन्दी र सम्झनै खालको हुने कुरामा भने सायदै मतान्तर रहला । त्यै भएर पनि होला मान्छेमा हनिमूनका लामै योजना र तालिका हुन्छन् अचेल । ुहनिमून पिरियडलाई कुनै अर्को क्षणसगँ दाँज्नु राम्रो होइनु यस्तै सुनिन्छ कैलेकाही । अहिले सरकारको हनिमून पिरियडको अग्लै समीक्षा भइरहेको छ । खास गरी शहरमा ुयसोु र ुत्यसोु भन्दै सरकारी कामकाजको लेखाजोखा अहिले ठूलै हल्लाखल्लाका साथ भइरहेको छ । ऐतिहासिक संविधानसभाको निर्वाचनपछिको पहिलो नयाँ सरकारले पहिलेका पिरियडहरुभन्दा कति राम्रा काम गर् यो गर् यो वा गरेन भन्ने चासो चेत मानसमा पनि धेरथोर छ नै । खास गरी सरकारको अघिल्ला सय दिनलाई ुहनिमून पिरियडुको रुपमा उसको कमकाजको मूल्याङ्कन गर्ने गरिन्छ । सय दिनमा सरकारले बनाउने एजेण्डा कार्यक्रम र उसले शुरु गरेका काम अनि राज्यलाई निश्चित नयाँ कार्यदिशा तर्फ डोर् याउने गरेको उसको ल्याकतको आधारमा हरेक नयाँ सरकारले अंक पाउने गर्दछ । यतिखेर भइरहेका समीक्षाहरुमध्ये धेरैले सरकारको आलोचना गरिरहेका छन् । सरकारका काम कार्वाहीलाई यतिखेर खुबै प्रशंसा र खुबै आलोचनाका हिसाबले भन्दा पनि समालोचनात्मक रुपले बुझ्न जाति ठहर्छ । देशलाई नयाँ विन्दुतिर धकेल्न र जनतालाई भाग्यमानी बनाउने महत्वाकांक्षाका साथ नै जनताले नयाँ सरकार फर्मान गरेका हुन् । तर यस वीचमा जनताले परिवर्तनको कुनै ठूलो महशुस गर्न भने पाएनन् । सत्ता साझेदार दलहरु वीचमा नै टेढो आँखाले हेर्ने प्रवृति र युवा संगठन मार्फत्का पार्टीहरु वीचको भीडन्तले सय दिनकै वीचमा निकै रमिता देखायो । वाइसीएल र युथफेस्रको मुड्की र घुड्की हानाहान सबैभन्दा बढी यसै पाली देखिए । तिनै युवा संगठनको कारणले उत्पन्न झगडाले वीचमा दर्जन जति युवाको ज्यान समेत गयो भने सरकारले शान्ति सुरक्षाको ठूलै हाँक देखाए पनि अपहरण र हत्याको श्रृङ्खला पटक्कै घटेन । पछिल्लो समय काठमाँडौकै दूई युवा निर्मल पन्त र पुस्कर डंगोल सरकारकै नेतृत्व गर्ने पार्टीकै युवा आक्रमणबाट मारिए भने कालिमाटीका दुई स्कुले विद्यार्थको हत्या भएको छ । यसै गरी कैलालीका पत्रकार जगत जोशीको हत्याको विरोधमा अहिले विरोध भइरहेको छ । शान्ति सुरक्षाका नाममा सरकारले राजधानीका रात्री व्यावसायमा प्रतिबन्ध लगाएको छ भने सडक व्यापारीलाई लखेटेको छ । यी दुवैको विरोध भएको छ । सडककै कुरा सुन्ने हो भने सरकारले गरेर खाने अधिकार समेत खोसेको छ । महंगीले जनतको ढाडको एउटा करङ भने खुस्किसकेको देखिन्छ । पेट्रोलियम पदार्थमा भएको चर्को महंगी र पछि अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेर घटाइएको भनिएको मूल्य अझै सर्वसाधारणमाझ पुगेको छैन भने पेट्रोलियम पदार्थ मूल्यबृद्धिको विरोधले गरिएका आन्दोलन जलुस उस्तै र दुरुस्तै छन् उता उद्योग व्यावसायको भने झन बढी ढाड नै कुपि्रन गएको छ । उद्योग भित्रै खडा पार्टीगत ट्रेड यूनियनहरुले देशका ठूला उद्योगमा विभिन्न माग राखी कतै ताला लगाए कतै कब्जा नै गरे । धनकुटाको चिया कारखाना कब्जा त्यै सिलसिला नै थियो । सरकारलाई वार्षिक तीन करोड बढी राजस्व बुझाउने केबलकार तथा वीरगाज विराटनगर र हेटौंडाका ठूला र मझौला उद्योगहरु बन्दै नै भए भने खुल्ने र बन्द हुने भइरहेका छन् । स्वदेशी उद्येगहरु बन्दा हुँदा र महिनौसम्म साचालनमा नआउँदा आखिर देशलाई घाटा भइरहेको छ । जनयुद्धकालमा माओवादीद्वारा कब्जा घरजग्गा मंसिर १५ गते सम्म फिर्ता गरिसक्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ त्यति पूरा भएको देखिदैन । मिति घर्कदा सम्म पनि घर जग्गा फिर्ता गरिएको बारे माओवादीले कुनै घोषणा गरेको छैन बरु सिराहामा घर जग्गा कब्जा प्रकरणमा मन्त्री मातृका यादवले राजीनामा दिन सम्म पुगे । भूमिहीन कमैया र सुकम्बासीको समस्या टरेनन् बरु विभिन्न समयमा पश्चिमका ६७ परिवारको धान लुटियो भने सोमबार मात्र नेपालगाजमा व्यापारी जेहेन्द्रकुमार टन्डनको ३ सय विघा जग्गा कब्जा गरी माओवादीले बाँडीचुँडी गरेका छन् । सप्तकोशीमा अझै बेलीबि्रज नबन्दाको सास्ती अझै उस्तै छ । प्रहरी प्रशासन वन र अन्य निकायमा भएका ब्यापक सरुवा बढुवामा तीव्र विवाद भएका छन् । सरकार गठन पश्चात् प्रधानमन्त्री दुई पटक भारत चीन यूरोप र अमेरिका गए । मन्त्रीकै पदले परराष्ट्र मन्त्री उपेन्द्र यादव र अर्थमन्त्री बाबुराम भट्टराई पनि पटक-पटक विदेश गए । बाह्य भ्रमणमा देशका थुप्रै जल्दाबल्द समस्यााहरु ठेलिदै गइरहे । लोडसेडिङ्ग पेट्रोलियम पदार्थको अभाव ट्राफिक जाम सरकारको सय दिनमा कम हुन सकेनन् । यावत यथार्थले बताउँछ कि थुप्रै होला भन्ने जनताले पालेको थुप्रो आशा पत्करको रास बन्न पुगेको छ । सरकार आफैले ुकाम गर्न नसकिएकोु भनिसकेको छ । जनताको अगाडि यो अलि लाज पचेकै कुरा पनि हो । सरकारले ुविभिन्न विचार पुष्ठभूमि र उद्देश्य बोकेका समूहसँग काम गर्नुपरेको र बजेट बनाउने र विदेश जानु परेकोले जनताको आशा पूरा गर्न नसकिएकोु बताएको छ । सरकारले हनिमूनको स्वाद त लियो तर त्यसलाई जनताले मनपुग्दो भोग्न भने पाएनन् । सय दिनमा सरकारले शान्ति सुरक्षमा सुधार भएको सरकारको दाबी छ । सरकारले गरेको महत्वपूर्ण कामहरु मध्ये सेना समायोजनका लागि समिति गठन विकास अर्थतन्त्र र ग्रामीणमुखी बजेट निर्माण आदि रहेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा भएका सम्झौताहरु आर्थिक तथा वित्तिय क्षेत्रको सुधार अन्तर्गत राजस्व संकलनमा बृद्धि कृषि तथा वन क्षेत्रको विकास आदि सामान्य सरकारी प्रगति भएका छन् । वीचमा संयुक्त राष्ट्रसंघ महासचिव मार्फत् र विदेशबाटै नेपाली कुरा विश्वमाझ पुग्नुले महत्व राखेको छ । समग्रमा हनिमूनले कसैलाई धित मर्ने सन्तुष्टि दिन सकेको देखिदैन जुन जनताले अपेक्षा गरेका थिएनन् । जनताले गतिलो कुनै राहतको महशुस गर्न नपाउनु दुर्भाग्यपूर्ण नै छ । सय दिनको आत्म समीक्षाले सरकारले थुप्रै काम गर्न चुकेको निष्कर्ष निकाल्नु पर्नेछ र त्यसको पूर्ताल गर्न आजै कार्यदिशाको मेलो समात्नुपर्नेछ । सरकारको हनिमून पिरियडकै कामकाजले भोलिको गति र कामको आंकलन गरिने भएकोले हरेक सरकारको हनिमूनलाई ुमर्निङ्ग सोज द डेु भन्ने गरिएको हो । हनिमूनको छेकछन्दमाथि यतिखेर जनतको प्रश्न उठ्नु स्वाभाविक र सान्दर्भिक मात्र छैन अति आवश्यक रहनेछ । यद्यपि सरकार माथिको भरोसा जनताको उत्रै छ । नयाँ संविधान निर्माणको कार्यदिशा सरकारको भएकोले त्यसलाई इमान्दार पूरा गराउनु र जनपक्षीय कामको तादात्म्य मिलाउनु जरुरी छ । सबैभन्दा बढी सरकारका साझेदार पार्टीहरुकै अराजकता निमाृेठ्नु आवश्यक छ । प्रतिपक्षी दल कांग्रेसले पनि संविधान निर्माणको युगमा महत्वपूर्ण र ठूलो जिम्मेवारी पाएको सम्झेर आफ्नो भूमिकालाई सकारात्मक बनाउनु जरुरी छ । कुराको टुंगो मिलाउदै जानु र मिल्दै जानुसँग अबको दिनमा सरकारको सफलता जिम्मेवारीमा कार्यकुशलता देखिदै जानेछ । जीवनमा र जवानीमा एकैपटक आउने हनिमून मात्रै बडो महत्वको हुने गर्दछ । किनभने भावी नयाँ जीवनका लागि हनिमून पिरियडमा नै नवदाम्पत्यले योजना त्यसको लागि गरिने कामको खाका र प्रयास थालनी गर्दछन् । के सरकारले यतिखेर आत्मआलोचना गरेर मात्र पुग्छ त्यसको लागि हनिमूनका घाटाहरुलाई पूर्ताल गर्ने र भावी दिनमा गर्नुपर्ने कामको योजना त्यसको खाका र कामको अभ्यास शुरु गरिहाल्नुपर्दछ । अनि अर्को कुरा फस्र्ट सेक्सको पीडाले नै जीवनमा जीवनको तत्वबोध मात्र बुझाउँदैन कि अकल्पनीय सत्यताको संसारतिर मान्छेलाई लैजान्छ । ०६५ पुस ३ काठमाँडौ ।
चतराघाटको चल्लो
लेख
चतराघाटको चल्लो र नारानघाटको भिखारी
निराजन बतास
झोला बोकाउने हो बोकाउने भाु बोकाउनु ।ु मान्छेको अक्कल लगाएर अंकल भन्दै फुच्चे आशाातीत अनुरोध गर्छ-ुतपाइको झोला म बोकिदिन्छु नि अंकल ।ु उः सबैलाई गन्दै हेर्छ र घरि वारि र घरि पारि गएर यसै भन्छ-ुआन्टी तपाइको ब्याग गरुङ भए म सघाउँथे ।ु ऊ दैनिक भेटिने ठाऊँ बनेको छ यो । चतराघाट नामी भएको छ हिजोआज । सप्तकोशीले पूर्व पश्चिम राजमार्गको सुनसरी-सप्तरी सीमाखण्डको खण्ड खाइदिएपछि पूर्व-पश्चिम गर्ने यात्रीहरु पूर्वबाट धारान-चतराघाट र भित्रिमधेस उदयपुरका बुङबुङ धुलौटे र घुमाउरो पिँध थेचारिने सडक टेकेर जान बाध्य भएका छन् । प्रिश्चमबाट पूर्व फिरेका वा हिडेकालाई पनि अन्य विकल्पका मार्गहरुभन्दा त्यै बाटो बढी सुरक्षित लागेको छ । दिनमा ओहोर दोहोृर गर्ने करीब १५ हजार यात्री एक ठाउँमा थुपार्ने हो भने उभैँ हेर्नुपर्ने रास बन्ला तर त्यति संख्याले ओर्तिर पर्तिर धेरथोर सास्ती खेप्दै भए पनि हिजोआज चतराघाट तर्ने गरेको छ । जुगदेखि एकाध गाउँलेहरु ह्वार्र बल्ने सिटा र िझंजा खोज्न वारपार गर्ने घाटमा अहिले आकाशा झुल्किदा र निभ्दासम्म रमितै लाग्दो भीड छ । भीडले उसलाई देख्ला नदेख्ला तर ऊ भीको प्रत्येकलाई एक एक देख्दछ । ुके भन्छ यो चल्लो ु एक गतिलमान यात्रीे उसको संवेदना कुल्चेर उसलाई ुचल्लोु भनिदिन्छ । ुपर जाु ुभाग्ु तिनै अनहारले उसलाई यसरी हपार्छन् । उसले दिनमा करीब दश बाह्र झोला वल्लो भंगालोदेखि पल्लो भंगालोसम्म दश रुपैयाँ दरले बोक्दछ । पसिना बगरमा तप्किदो छ र बेपर्वाह सुक्दो छ । धेरै चल्लोहरुमध्येको ऊ एउटा चल्लो काम गरेर चारो जोहो गर्दो छ । ग्वारग्वार्ती मान्छे हिड्ने मूलबाटो बनेको चतराघाटमा अचेल ंचल्लाुहरुको बिगबिगी छ । विद्यालय पढ्न जाने बेलाका दुधमुखेहरुलाई चल्लो बनेको देख्दा कसैको मनमा ऐंठन नपर्न र पर्न दुवै सक्छ र पर्नु र नपर्नुले कुनै अर्थ पनि नराख्न सक्छ । मसिना पाखुराहरुले दाम र कामको मोलमोलाइ गरिरहेका छन् । घाटमा भीड लाग्न थालेदेखि पारी उदयपुर र वारी चतरा र अन्य टाढा गाउँका बालकहरु श्रम गर्न बगर झरेका छन् । कोही आफैं र कोही अभिभावकले पठाएका उनीहरुलाई देखेर यतिखेर सुन्दर कल्पना गरिएको देशको भावी पुस्ताको सुदुर भविष्य आंकलन गर्न सकिन्छ । ढुंगाले घोचेर घाऊ बनेका पाइताला र ठोकिएका औंलामा बाँधिएका तर फुस्किएका झुम्राहरु बेवास्ता गर्दै उनीहरु कुध्छन् उनीहरुको ढाडमा आफु बढीको झोलाहरु छाँदिएका छन् । ुआजको बालक भोलिको कर्णधारु भन्न कुनै पनि बाँकी चुचे मुखले बाँकी राखेन । तर देशमा बेला बेला ठूलै मुद्दा बन्ने गरेको तर ठोस केही हुने नगरेको ुबालश्रमु शीर्षक खाली पोष्टर र विज्ञापनभन्दा उपल्लो बनेन । ुचल्लाु चारोको आश गर्न सक्दैन मुखेहरुसँग र तीन गेडा कनिकाको लागि बालुवामा जोतिन्छ । शहरका खाते बालकहरुलाई सम्मान गरिनुपर्छ भन्दै ुसडक बालकु नामाकरण गरेर नाफावाल निकायहरुले सडकमा नै अझै उनीहरुलाई हकार्दै िहंडीरहेको तीतो सत्य हो । शहरमा मान्छेको डंगुर र मान्छेले बनाएको फोहरको डंगर र फेरि दुवै थरिका डंगुरमाथि बाँचिरहेका ज्याला मजदुर बालबालिकाहरु । शहरमा बिजोग सडक बालबालिका र ज्याला मजदुरी गर्नेको कथा बेग्लै फेहरिस्त हो । तर यसरी ज्याला मजदुरी गरेर ज्यान पाल्दा नैसर्गिक अधिकार ुशिक्षाु नै गुमाउनृपर्ने नियतिले देशका बढी ग्रामीण बालबालिकालाई सँर्धैभरि घेरेको छ र पुगेका छन् चल्ला बन्न । भावी शैक्षिक जनशक्तिका सप्तकोशी सम्भावनाहरु बगरमा रुझ्दा कोही कसैले गम्भीर भएर केही सोचिदिने फुस्रद राख्दैन । तर आफुचिन्ते कर्मकाण्डी अगुवाले बगरसम्म र सडकसम्म नीति र कामको पहुँच पुर् याएका छैनन् । साँच्चै भन्ने हो भने जनताले आफ्नो भलो गर्लान् भनेर ुमाऊ बनाएकाहरु ुबेश्या माऊ र जनता ुचिहीको चल्लाु भएका छन् त्यसैको परिणामतः पनि हो चतरघाटको चल्लो । ुपचास-पचासको बिटा बना ।ु ड्राइभर कर्मचारीलाई सतर्क गराउँछ-ुतेरा बाऊले भरे दुःख दिन्छ ।ु चतराघाट पारी बगरमा यात्री चढेका आधी गाडी काठमाण्डु जान्छन् । बाटामा बर्दीधारी किनाराबाट अलि भित्रिन्छ र भन्छ-ुपचास ले ! चिया खानुपरेन ु ुयस्तो नि हुन्छ यताु यात्रु आश्चर्य बोल्छ-ुकस्तो भिखारी पुलिस रहेछन् ।ु उदयपुरदेखि नै प्रत्येक जसो गाडीबाट बाटामा उभिएका ट्राफिक र प्रहरीले अरु कुरा छाडेर शुरुमा नै गाडीलाई थु्त्न थाल्छन् । एक गाडीबाट राजधानी लागेको गाडीबाट नारायणघाटमा मात्र दुइ ठाउँमा बिना पोष्ट सडकमा औपचारिकताका लागि ठिङगि्रएका ट्राफिकले बसको जेबबाट पचास-पचास झार्छन् । ड्राइभरको निरिहता बोल्छ-ुहुन्छ सर चिया खानुस् ।ु त्यसपछि कुरिनटार नौबिसे आदि ठाउँमा फेरि पचास-पचास खस्दै जान्छ । भनिएको सुनियो खासगरी रातीऊँधो र बिहान वा अन्य बेला नै पनि प्रहरी ड्यूटीमा रहेका बेला प्रायजसो गाडीले पचास-पचासका नोटहरु एकातिर राखिराख्नुपर्छ नत्र फेरि अर्को खेप दुःख पाउनुपर्ने हुनसक्छ । त्यै भएर पनि ट्राफिक देख्नासाथ विना इशासा चुपचाप पचास खस्छ गाडीबाट । राजधानी छिर्ने सबैभन्दा ब्यस्त पृथ्वी राजमार्गमा बसेका ट्राफिक प्रहरी कोही सिकुटे र दुब्ला लाग्दैनन् । अनि प्रसंग जोडिन्छ चतराघाटतिरको चल्लो र नारानघाटतिरको सग्लो भिखारीको । दिनभर आकाश बोकेर चल्ल्ााे जाबो दश रुपैयाँ कमाउँछ । नारानघाटको मगन्ते पचास-पचास दिनको करिब दुइ पचास पटक जम्मा गर्छ र खुशीले फिसिक्क हाँस्छ । चल्लो काँध टकटक्याउँछ र आनन्दमा झुम्छ । चतराघाट त्यसरी बाँच्छ नारानघाट त्यसरी रमाउँछ । मलाई लाग्दछ नेपालीले देश विकासको सपना नपालेकै राम्रो जे जसरी कमाइ गरेर आफ्नो पेट भरिन्छ त्यै बेश छ । किनभने विकासको सपना शताब्दीयौं पुरानो हो र त्यो त्यसै गरी लम्बिदै जानेछ । देश विकास भए सबै नेपालीले दुःख पाऊन्नन् भन्ने मान्छेको चकलेट कपोकल्पना हो । विश्वका विकास अनुभवले नेपालीमा त्यसको कुनै संभावना देखिदैन । जापान आजभन्दा करीब ६० वर्षअघि मात्रै पनि आजको नेपालको सेरोफेरोमा थियो । तर देश विकासको लागि उनीहरुले सामूहिक काम गरे । कसैलाई माग्नु र लुट्नु होइन उनीहरुको सबै लगन देश विकासमा केन्द्रित भयो र आज एसियाकै अग्ला घरहरु त्यहाँ छन् । राष्ट्र समृद्धिका लगि चीनमा प्रत्येक जनताले एक छाक खाएर काम गरेको बताइन्छ । तर नेपालको वीचतिर गुड्दै गर्दा एक नेपालीले बर्दीधारी भिखारी केही थापेर र धुतेर खुब रमाएको देख्दछ र चल्लो चिउचिउ गरिरहेको पनि भेट्दछ । र फेरि पूर्व अथवा पश्चिम लागेको त्यै यात्रीलाई यात्रा सकिएपछि पनि बुङबुङ धुलौटे भिरालो घुमाउरो र चिप्लेटी बाटोले पर्खिरहन्छ । ०६५ कार्तिक काठमाँडौ ।
Thursday, January 1, 2009
संस्मरण
संस्मरण
सिरानीमा सप्तकोशी-
निराजन बतास
खोकी खोकी साफ गरेको स्वरले बोलाएको भान्जा मलाई लिन भानुचौक आइपुगे । उनी घोपा क्याम्पको मुखैमा औषधी पसल गर्ने सेवक पनि हुन् र सहयोगी भएकाले शरण भान्जा मेरा निकै प्यारा पात्र बनेका हुन् । ुमामा ! बिहे कहिले खुवाउने ु तन्नेरी भान्जाको मिठाइ प्रश्न थियो । थाकेकोले उनले उत्तर नपाइ म भुसुक्कै निदाएछु । रातभर सिरानीमा सप्तकोशी बगिरह्यो म ओछ्यानमा पल्टिएको सप्तकाशीको डिल थियो । जुनेलीमा सप्तकोशी सतहमा मोती छरेझैं जून छल्किरहेको थियो । मेरो मनोवाद थियो-ुयो मध्यरातमा जागा भन्नु म र सप्तकोशी मात्र हुँदो हौ ।ु सप्तकोशीको त्यो रात्री सौन्दर्यमा डाह मलाई यति लाग्यो म पटक-पटक ब्यूँझिरहनुपर् यो । त्यो चतराघाटको सप्तकोशी हो । घाटदेखि मान्छे वारपार गर्न थालेको इतिहासमा त्यहाँ कुनै अपि्रय घटना भएको छैन । वारपार गर्नेहरु पहिले ढोगेर र धुपको धुँवा चढाएर मात्र सप्तकोशी जलयात्राको अनुमति माग्छन् । साउन भदौको भेलमा पनि निर्विकल्प डुंगा तार्दा सप्तकोशी मुस्कुराउँछिन् । पुग्नुपर्ने बसाहा थियो । बेला रहे पनि अनिश्चित बन्दले मलाई त्यही डिलमा अड्न भनेको थियो । ठाऊँ उदयपुर प्रवेश मार्ग सोमबारे मैनामैनी बन्दले धनकुटादेखि धरान झर्न पनि कार्यक्रमका संयोजक सहकर्मी सिद्धराज राईले गाडी रिजर्भ गरेकोले सम्भव भएको थियो । त्यस अघि सप्तकोशी एफ।एमका स्टेशन म्यानेजर र म बीच बन्दले कार्यक्रमलाई बन्दले पार्ने अप्ठ्यारो र तोकिएकै ठाउँबाट कार्यक्रम चलाउनुपर्ने कुरा वीच एकछिन मुखामुख चलेको थियो । म्यानेजर भन्दै थिए-ु५÷६ दिन लागे पनि हिडेर ठाऊँमा पुग्नुपर्छ ।ु ुत्यसो हो भने उत्तम उपाय हामीले कार्यक्रम साचालन नगर्नु नै हो ।ु मेरो सोझो बोली थियो । कार्यक्रम नचलाउँदा हामीलाई बेफाइदा थिएन । पछि उनले नै कुरा मिलाए-ुहोइन पहिला यहाँइटहरी त झर्नोस् अनि उपाय मिलाऊँला ।ु त्यसपछि रिजर्भमा धरानसम्म र धरानदेखि महंगो भाडाको टेम्पोबाट चतरा हुँदै त्यो डिलमा मेरो बास पुगेको थियो । तेश्रो पटकको कार्यक्रम प्रसारणको लागि म त्यहाँ थिएँ । र बास थियो त्यही चोकमा पसल गरी बस्ने त्यै बेला चिनेकी पवित्रा दिदीको घरमा । मैलै बढी राई गाऊँ डुलेकोले मात्र पनि यो अनुभूति भएको हुनसक्छ । बसेका घरमा यै खाले सत्कार हुने गर्छ । म अलमल्ल थिएँ-ुहोइन मैले कति घरका भाले फिरिमा खाने हो ु त्यही सत्कारले मलाई ज्यादै अप्ठ्यारो समेत हुने गरेको छ । ुहत्तेरी ! बटुवालाई यत्रो विधी मान नगर्नु न हौं ।ु यति भन्दा मैले धेरैको गाली खाने गरेको छु-ुकेरे तिमी हाम्रो आफन्त होइनौ चिनजान भएपछि आफन्तै हो यसो भन्ने तिम्ले ु कति ठाउँ पैसा लिन मैले अनुरोध गर्दा कतिले त कुट्नैसम्म खोजेका छन् -ुए पख् त्यस्तो अप्ठ्यारो मान्ने तिम्ले हाम्लाई के ठान्या छौ के तिमी हाम्लाई आफन्त ठान्दैनौं हँ !!ु म पुगेको बेलुकी त्यही पवित्रा दिदीको पसलमा पाकेको भात खाँदैथे । डबुकामा भालेको पखेटा खुट्टा सबै अटेका थिए । मैले भाँडो पनि रित्याएको हुनुपर्छ । डकार्दै मैले भनें-ुखुब मीठो हुँदो रैुछ सोमबारेको भात ।ु वरिपरिका २÷४ जनाले अँध्यारॊतिरैबाट बोले-ुहोइन है दाजै पनि सित्तैमा तेसो भन्नुहुन्छ ।ुत्यो गाउँसित त्यही बेलुकी मैले अचम्म मानें । त्यहाँ भेला भएका किशोरी बहिनीहरु पनि मेरो लागि अचम्म थिए । किनभने त्यो ठाउँ यस्तो रहेछ जहाँ कुनै किशोरी अविवाहित बाँकी रहेनछन् । औसतमा १५ वर्षसम्म सबै किशोरी पोइल जाने गर्दा रहेछन् अनि त्यो िसंगो गाउँमा बहुपत्नी नभएका पुरुषको नाम नै रहेनछ । प्रवेशिका उत्तीर्ण महिला अनुहार त्यहाँ दुर्लभ । २÷४ कक्षा पढ्दै बिहे गर्ने र सबकासब पुरुष युवा विदेशिएका रहेछन् । मलाई भात खुवाउने दिदी पनि मेरो उमेर भन्दा बढ्ती लागेकी थिइनन् तर उनका ७ र ५ वर्षका २ सन्तान छन् । कुरैको श्रृंखलामा उनले भनिन्-ु१३ वर्षमा बिहे भयो ।ु अलि बढी खुलिन्-ुबिहे कसरी गरियो कसरी बच्चा जन्माइयो के-के गरियो सम्झनै छैन ।ुत्यहाँ भेला भएका १५÷१६ वर्षका नानीहरु सबैका कसैका रुने कसैका बामे सर्ने र कसैका दगुर्ने बच्चा थिए । ुके गर्ने त बाउआमाले यसै गरी ल्याए ।ु उनीहरु बेखुशी मान्दैनन्-ुठीक छ नि जैले नि बिहा गर्नैपर्छ ।ुअनि त्यो गाऊँमा १० श्रीमती ल्याउने २ जना रहेछन् । चार श्रीमती मध्येकी साइली रुमाकुमारीसँग मैले कुरा गरें । उनेल भनिन्-ुबुढाले अझै ल्याउन सक्छन् ।ु उनीहरुबाट मैले बुझ्नु आवश्यक यति थियो-ुबहुविवाह त्यहाँ सामान्य हो ।ुम बास बसेको घरकी पवित्रा दिदीको पति पनि विवाह गरेर छुट्टै बसेका रहेछन् । उनले कुराको फेरो मारेर पाखुरा सुक्र्याइन्-ुक्या को डर अझै २÷४ ठाम गइन्छ ।ु बेलुकी गफगफमा निकै बेर बितेछ। त्यसपछि देखाइएको सिकुवामा म लडें र सप्तकोशीसँग बात मार्दै अलिनो निद्रामा म एकरात त्यसरी बितें । अर्को दिन सुती उठी म स्नानको लागि सप्तकोशी झरें । माछाहरु एकाबिहानै सतह छिचोलेर उपि्रुरहेको कम रमाइलो नहुँदो रहेछ । प्रत्यक्ष प्रसारणका लागि आठ जना भेला पार्न १६ जना जतिले सघाए । नानी च्यापेरै भए पनि निकै बहिनीहरु त्यहाँ भेला भए । सप्तकोशी स्टुडियोमा रेडियो नेपाल धनकुटाका सम्पादक अधिकृत कामले केश फुलाएका पत्रकार मिलन राई सोमबारेका स्थानीयको उत्तर दिन तयार थिए । कार्यक्रम शुरु भयो । साचालक टकलाल राईले स्टुडियोमा छलफल शुरु गरे । प्राविधिक कक्षबाट सिद्धराजले सोमबारेलाई इशारा गरे-ुल ठीक पर निराजन ।ु आठै जनाले आफ्नो प्रश्न राम्ररी सोध्न भ्याए । ुए कैले फेरि आउने ु मैले फिर्न झोला बोकेपछि ती गाउँले दिदीबहिनीले मलाई सोधे । ु१५ दिन पछिुमैले मुख फर्काएँ । ुहाम्रो गाँवै यस्तो छ । सम्झेर आउन नभल्नु होलाु सुन्दै म बिदा भएँ । ुनिराजन आज राजा भयोु धनकुटा फिर्दा भेडेटार मुन्तिर सिद्धराज गाडीमा रहेका टकलाल र मिलन राईसँग गफिएुकेटोले सोमबारेमा केटी नै केटी भेला गरेछ ।ु मैले नै कुरा थपें-भेला गर्ने मात्र होइन मैले……।ुक्रमशः…………

अन्तर्वाता
अन्तर्वाता
झमक घिमिरेसँग निराजन बतास
राजधानी पस तर घरजम गरेर नबस- साहित्यकार झमक घिमिरे
चर्चित साहित्यकार झमक घिमिरेको जन्म वि।स।ं २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको हो । शारीरिक अशक्तताका बावजुद सिर्जित उहाँका साहित्यिक रचनाहरु सँधै जनपक्षीय हुने गर्छन् । उहाँका ुसंकल्पु कविता संग्रह२०५५ ुआफ्नै चिता अग्निशिखातिरु कविता संग्रह२०५७ुमान्छेभित्रका योद्धाहरु कविता संग्रह २०५७ुअवसान पछिको आगमनु क्वाँटी संग्रह२०५७ ुसम्झनाका बाछिटाहरु लेख संग्रह२०५७ ुनौलो प्रतिविम्बु कविता संग्रह२०६० ुपर्दासमय र मान्छेहरु कथा संग्रह२०६२ पुस्तकहरु प्रकाशित छन् । ुबेमौसमका आस्थाहरु निबन्ध संग्रह उहाँको भर्खरै प्रकाशित पछिल्ल्ााे कृति हो । उहाँलाई प्रबल गोर्खा दक्षिण बाहु चौथो अस्वीकृत विचार साहित्य पुरस्कार क्या।स्व।गोपालप्रसाद जनकल्याण पुरस्कार डा। विमल वाणी पुरस्कारअपाङ्ग प्रतिभा पुरस्कार लगायत ५० बढी पुरस्कारपदक र अभिनन्दन प्राप्त छ । उहाँ कान्तिपुर दैनिकको नियमित स्तम्भकार पनि हुनुहुन्छ । साहित्य सिर्जनामा समर्पित आफ्नो जिन्दगीको लक्ष्यबारे उहाँको भनाइ छ-ुम आफु बाँचेको जिन्दगीलाई अर्थपूर्ण बनाउन चाहन्छु ।ु उहाँसँग निराजन बतासले धनकुटामा लिएको अन्तर्वाता यहाँ प्रस्तुत छ ः-
१ बेमौसमका आस्थाहरु कस्तो कृति हो
- बेमौसमका आस्थाहरु कस्तो कृति हो भन्ने जवाफ जान्न तपाई स्वयं पाठकले एक चोटि हेर्नैपर्छ । मैले लेखकको तर्फबाट भन्नुपर्दा बेमौसमका आस्थाहरु त्यस्तो समयमा लेखिएको कृति हो जुन समयमा जनताको मुख बन्द गर्न खोजिएको थियो । बन्द गर्नेहरुको बिरुद्ध र जनताको पक्षमा लेखिएको कृति हो जसमा पूराना जातीयभाषिकवर्गीयधार्मिकलैङ्गिक पर्खालहरु भत्काएर नयाँ आधारहरु निर्माण गर्न खोजिएको छ ।
२ तपाईको विचारमा साहित्य के हो र कस्तो हुनुपर्छ
- साहित्य भनेको कला र विचारको सुन्दर संयोजन हाृे । साहित्य समाजको ऐना मात्र हैनसमाजलाई सही रुपमा मार्गदर्शन गर्ने एउटा सशक्त माध्यम पनि हो ।
३ स्रष्टाहरु देशमा चलेका आन्दोलनमा सशरीर पनि उपस्थित छन् राष्ट्र परिवर्तनमा वर्तमानका सिर्जनाहरु कति प्रभावकारी छन्
- हो राष्ट्रका प्रायः सबै आन्दोलनमा स्रष्टाहरु सशरीर र सिर्जनाहरुबाट दुवै रुपमा सहभागी भएका छन् । वर्तमानका सबै स्रष्टाका सिर्जनाहरु समसामयिक धारबाट अलग छैनन् । बर्तमानका सिर्जनाहरु प्रभावकारी नै छन् भन्ने मलाई लाग्छ ।
४ राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका कति पर्याप्त हो
- राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका सबै अर्थमा पर्याप्त नभए पनि एक हदसम्म पर्याप्त नै छ भन्नुपर्छ ।
५ स्रष्टालाई राष्ट्रले उपेक्षा गरिरहेको थुप्रै कुरा उठ्छन् तपाइले चाँहि आफ्नो सिर्जनाको मूल्याङ्कन कतिको भएको पाउनुभएको छ
- स्रष्टाहरुलाई राष्ट्रले उपेक्षा गरेकै हो । हिजोसम्म र आज पनि उपेक्षा गरेको हो । स्रष्टाहरुले अझै पनि लेखेर बाँच्ने अवस्थाको सिर्जना भएकै छैन । बाँचे पनि दुई चार जना औंलामा गन्न सकिने छन् । तर मेरो सन्दर्भमा चाँहि राज्यले एउटा जिन्दगी बाँच्नेसम्मको वृति दिएको छ । यसलाई मैले राज्यबाट पाएको सम्मानको रुपमा लिएकी छु ।
६ तोकिएको मितिमा संविधानसभाको चुनाव नहुने भएको छ तपाइको विचारमा यसो हुनुमा के कारण मुख्य हो
- तोकिएको मितिमा संविधानसभाको चुनाव हुन नसक्नुको मुख्य कारण राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति नहुनु नै हो । आपसमा सत्ताकै लागि खिचातानी हुनु जनताप्रति दलहरु संवेदनशील नहनु नै सबैभन्दा मुख्य कारण हो ।
७ स्रष्टा र राष्ट्रको भविश्य कस्तो देख्नुहुन्छ < स्रष्टा र राष्ट्रको भविष्य सही नेतृत्व पाउन सक्यो भने उज्ज्वल नै छ । म त्यति निराश भै हाल्नुपर्ने स्थिती देख्दिनँ । ८ सिर्जनामा सर्जकका अहिलेका विषय सामाग्री के-के हुन्
- देशको समसामयिक यथार्थ नै प्रधन विषय हो । सिर्जनाका हरेक विषयसँग वर्तमान छोइएको छ ।
९ साहित्यका वाद र धारहरुमा तपाईँ कहाँनेर हुनुहुन्छ तपाईँ आफ्नो लेखनीको आदर्श केलाई मान्नुहुन्छ
- साहित्यका वाद र धारमा म कहाँनेर छु थाहा छैन । म वाद र धारलाई त्यति पछ्याउँदिनँ । म आफ्नो लखनीको आदर्श मानववाद र जनतन्त्र स्वच्छन्द प्रगतिशील नै हो । म साहित्यका वाद र धारमा त्यहीँनेर छु जस्तो लाग्छ ।
१० तपाई नोबल शान्ति पुरस्कारको लागि पनि नोमिनेशनमा पर्नुभयो शान्ति कै कुरा गरौं देशमा शान्ति स्थापनाको लागि सर्जकहरुको पनि सिर्जनात्मक मोर्चाको आवश्यकता छैन
- हो म नोवल शान्ति पुरस्कारको लागि मनोनयन भएकी थिएँ । देशमा शान्ति स्थापनाको लागि साँचो मन भएका सर्जकहरुको मोर्चा नै हुनुपर्छ भन्ने होइन सर्जक आफैंमा मोर्चा हो उनीहरुको सिर्जनाले शान्ति ओकल्छ र जनताले चाहेको शान्ति वास्तविक रुपमा उनीहरुको कलमले बोक्छ भने उनीहरुको वीचमा सिर्जनात्मक मोर्चा र एकता आफैं बन्छ ।
११ राजधानी र मोफसलको दुरी लम्बिदैछ कि छोटिदैछ
- राजधानी र मोफसलको दुरीको कुरा गर्दा हामी स्वयंले बढाइरहेका छौं कि एक पटक हामी मोफसलका सर्जकहरुले सोच्नुपर्छ । मलाई लाग्छ दुवै पक्षले एक अर्काको अस्तित्व नस्वीकारेकै कारण मोफसल र राजधानीको दुरी लम्बिएको हो । अबको पुस्ताले एउटा पुल बनेर त्यसलाई जोड्ने काम गर्न आवश्यक छ । तर नव पुस्ता त्यो खालको काम गर्ने पक्षमा छैन ऊ आफैं ठूलो जान्ने ठान्छ । समस्या त्यहाँनेर पनि छ । त्यसैले सबै युवा पुस्ताहरुलाई म आह्वान गर्छु -तिमी राजधानी पस तर घरजम गरेर त्यहाँ नबस किनभने विकेन्द्रित हुनुपर्छ ।
१२ तपाई पछिल्लो समयमा गजल सिर्जना र चित्रकारिताप्रति नजिक देखिनुहुन्छयसका प्रेरणा र आकर्षण के हुन्
- म एउटी साहित्यकी सर्जक हुँ गजल पनि साहित्यकै एउटा विधा हो । मैले यो विधालाई पनि पछिल्लो समयमा अरु विधा जस्तै समात्नु कुनै अनौठो कुरा होइन । रह्यो चित्रकारिता मान्छेका विभिन्न सौंखहरु हुन्छन् मेरो पनि चित्रकारिता एउटा सौंख बनेर आएको छ ।
१३ झमक घिमिरे साहित्यकला प्रतिष्ठान धनकुटामा भर्खरै स्थापना भएछ प्रतिष्ठानको उद्देश्य के हो
- हो झमक घिमिरे साहित्य कला प्रतिष्ठान धनकुटामा स्थापित भएको छ । यसको मूल उद्देश्य मोफसलमा बसेका साहित्य कलाका सर्जकहरुलाई एकै ठाउँमा ल्याएर साझा माचको रुपमा स्थापित गर्ने नै हो । साथमा झमक घिमिरेको व्यक्तित्व र कृतित्वलाई व्यावस्थित गर्ने मोफसलमा साहित्यिक र सांस्कृतिक गतिविधी गर्ने नै हो ।
१४ तपाईको भावी योजना र जीवनको लक्ष्यबारे केही जान्न सकिन्छ कि
- मेरो भावी योजना सबै पाठक स्रोताहरुको सामु स्पष्टै छ म एउटा सिर्जना लागेर आफ्नो जिन्दगी बिताउन चाहने मान्छे हुँ । त्यसैमा समर्पित हुनु मेरो धर्म हो अब जीवनको एउटै मात्र लक्ष्य छ कसरी आफु बाँचेको अर्थपूर्ण बनाउने
१५ अन्त्यमा पाठकलाई के भन्नुहुन्छ .
आम पाठकहरुलाई यही भन्न चाहन्छु तपाइहरुको गाली र ताली दुवै झमकलाई चाहिन्छ । तपाईहरु झमकबाट के चाहनुहुन्छ प्रतिकि्रया अवश्य दिनुहोला । मनको कुरा खोल्न दिनुभएकोमा तपाइलाई धन्यावाद ।

Subscribe to:
Posts (Atom)