skip to main | skip to sidebar

निराजन बतास

नमस्कार यो मेरो पहिलो ब्लग हो । हप्ताउनी लेखिएका मध्ये मेरा केही लेख र अन्य आफ्नै रचना यहाँ राखेको छु । भविष्यमा स्रष्टाहरुको रचना समाविष्ट एक पूर्ण साहित्यिक र अर्को पूर्ण विचारप्रधान ब्लग तयार गर्ने विचारमा छु । प्रतिकि्रयाको अपेक्षा र नयाँ सालको शुभकामना सहित । धन्यावाद ।

Wednesday, December 23, 2009

प्रकाशित भयो । निराजन बतासकृत बाटो खोज्दै बाटोहरु


Posted by nirajanbatas at Wednesday, December 23, 2009 1 comment:
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)

Collection of Gazals

Collection of Gazals
Baato Khojdai Baatoharu

मेरो तस्वीर

मेरो तस्वीर
LOVE OTHERS YOU LOVED

मेरो बारे

My photo
nirajanbatas
Kirtipur, Kathmandu, Per. Bhojpur, Nepal
Student of university. Tribhuvan University, kathmandu Nepal
View my complete profile

समावेश लेख रचनाहरु

  • ▼  2009 (7)
    • ▼  December (1)
      • प्रकाशित भयो । निराजन बतासकृत बाटो खोज्दै बाटोहरु
    • ►  January (6)

कविता

कविता

एउटा रात सकिएर

निराजन बतास

एउटा रात सकिएर
अर्को रात उदाएको बेला
अँध्यारोलाई छाम्दै छाम्दै
बस्न सक्दैनन् पयरहरु
र फट्कारिन थाल्छन्ढुंगा चोके सिस्नो र सर्पको आकाश भएर
किनिकि यी भूईहरुसँग अपरिचित होइनन् पाइतालाहरु'
र रातले बिसे्रको नहुनुपर्ने हो
आफ्नो अवसान अिघ कतिपटक तिघ्राहरु उचालिए भन्ने कुरो ।
कुरो उज्यालोको होइन
कुरा अँध्यारोको पनि होइन
जो यससँग रमाउँछन्तिनीहरुको हो ।
रात जागेको बेला
दिन मूर्दा बन्न विवश छ
किनकि मूर्दा बनाइएको छ
मूर्दाको मासु खाएर रात मोटाएको छ
जिउँदो मूर्दालाई चल्नैसम्म नदिएर
एकैचोटि उप्रुने पारेको छ रातले
मान्छेजस्तो बन्न नदिएर
बुख्याँचा बन्न सघाएको छ
करङ्ग सोझिऊाजेल कुज्याएर
तसा्रउने बन्न सिकाएको छ
र रातले आफैं तसर्िने मोड समातेपिछ
भाग्ने बाटो अठ्याइरहेछ यतिबेला
एउटा दिन सकिएर
अर्को रात अस्ताएको बेला ।

०६२ बैशाख १७

रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट १० मा परेको कविता ।

मुक्तक

मुक्तक

निराजन बतास

रहस्य हुनुपर्छ यसरी अत्याउनुको ।
अरुसँग आँखा जुधाइ मलाई लत्याउनुको ॥
तिमी मेरो म तिम्रो भन्ने बहाना छ
शंका लाग्छ आजभोलि कुरा पत्याउनुको …

गीत

गीत

निराजन बतास

कारेको छु मायाको तस्वीर मेटेर जिन्दगी ।
बाँचेकै छु अझै यादैयादले रेटेर जिन्दगी ।

यति थोरै हुँदो रैुछ मिलनको जीत यहाँ
सुसेलीमा हुन्छ पलपल विछोडको गीत यहाँ
आँसु हाँसोमा जसोतसो समेटेर जिन्दगी
बाँचेकै छु अझै यादैयादले रेटेर जिन्दगी ।

जम्दो रैुछ चोटहरुमा आँसुको ताल पनि
उठ्दो रैुछ मोडहरुमा खुशीको छाल पनि
पछ्याउदैछु उकाली ओरालीमा लखेटेर जिन्दगी ।
बाँचेकै छु अझै यादैयादले रेटेर जिन्दगी ।

गजल

गजल-१

भेटिदैछन् ओइलिएका डाली बाटोभरि ।
जीवन माग्ने रित्ता-रित्ता थाली बाटोभरि ।

कतिखेर धस्किएर हिलोमा डुब्ने हो ज्यान
टेक्दै-टेक्दै हिड्नु पर्ने आली बाटोभरि ।

मेरो राम्रो तेरो नराम्रो भन्छन् सबै यसै
कसले कसको सुन्ने यहाँ गाली बाटोभरि ।

एउटा रुँदा अर्को हाँस्ने मान्छे बुद्धिमानी
ठेस लाग्दा अट्टाहसका ताली बाटोभरि ।

अझै पनि चेतनामा ताराहरु चम्किराुछ
न्कहिले होला विहानीको लाली बाटोभरि ।


गजल-२

जहिलेसम्म गुड्छ यो जिन्दगीको चक्का हजुर ।
बाँचुाजेल बनोस् जीवन सबैको पक्का हजुर ।

अरुलाई लुते देख्ने आँखा यहाँ अनगिन्ती
कसले मात्र नसोच्ने आफुलाई लक्का हजुर ।

हिडेकालाई छिर्के लाउने दाऊ कहिलेसम्म
सँधैभरि पल्टिदैन पाजा अनि छक्का हजुर ।

इमान्दारलाई हिर्काउने गुलेलीको खेती गर्दा
आफैलाई लाग्ला बरै नसोचेकै धक्का हजुर ।

आफ्नै मात्र थुतुनोको मोल नखोजेर
भन्न छाडौं मेरै गोरुको बाह्रै टक्का हजुर ।

How did you get this blog?

NIRAJAN BATAS

NIRAJAN BATAS
Taudaha, Kirtipur

यसलाई पछ्याउनुस्

Nirajan on the PICTURES

Nirajan on the PICTURES
LOVE YOU

walk ahead

  • http://www.sahityaghar.blogspot.com
  • http://www.padamrai.blogspot.com
  • www.henkhama.blogpost.com

Imp. Sites

  • http://www.thehimalyantimes.com
  • http://www.google.com
  • http://www.unn.com.np
  • http://www.annapurnapost.com
  • http://www.ekantipur.com
  • http://www.mulbato.com
  • http://www.sahityaghar.com
  • www.tuexam.edu.np
  • www.dhankuta.com
Powered By Blogger